आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेता वालेन शाह मन्त्रिपरिषद्लाई पूर्णरूप दिन अन्तिम गृहकार्यमा जुटेका छन् ।

बिज्ञापन

बिहीबार रास्वपा कार्यालय वनस्थलीमा बसेको बैठकले विधान संशोधन गरी संसदीय दलको नेतामा बालेन्द्र शाहलाई चयन गरेको छ । वालेन शाहले भोलि मध्यान्ह प्रधानमन्त्रीको शपथ लिँदैछन् । भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी स्वरुप अहिले काठमाडौँको बुढानिलकण्ठस्थित सभापति रवि लामिछानेको निवासमा दुई नेताहरू मन्त्रीको टुङ्गो लगाउन छलफलमा जुटेका हुन् ।

बिज्ञापन

मन्त्रीहरु छनौंट गर्नका लागि रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेन मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटेका छन् । सांसदका लागि उम्मेदवार चयन गर्ने क्रममा रवि र बालेन पक्षले ६०–४० को भागबन्डा गरेका थिए । मन्त्रीमा उनीहरूले सोही अनुपातमा मन्त्रालय लिने बुझिएको छ ।

रास्वपाले बढीमा १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भनेको छ । प्रधानमन्त्रीमा बालेन र अर्थमन्त्रीका रुपमा पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको नाम टुगिएको छ । रास्वपा स्रोतका अनुसार,गृहमन्त्रीमा वालेन शाहले सुनिल लम्साललाई ल्याउन चाहेका भए पनि रवि लामिछानेले डिपी अर्याललाई लैजान चाहेका छन् । यी दुईबीचको लफडा हुँदा सुधन गुरुङले बाजी मार्न सक्ने आँकलन गरिँदैछ ।
रास्वपाभित्र नयाँ मन्त्रीका रुपमा शिशिर खनाल,सोबिता गौतम,सुनिल लम्साल,,इन्दिरा रानामगर,अमरेशकुमार सिंह,सस्मित पोखरेल,दीपक बोहरा,बब्लु गुप्ता पनि छनौट हुनसक्ने जनाइएको छ । प्रतिनिधि सभाको सभामुखमा प्रतिभा रावलको नाम चयन गरिने सम्भावना उत्तिकै छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष