५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

बढुवा समितिको सचिवालयले ५६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको हो।

बिज्ञापन

बढुवा समितिको बुधबारको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ३७ जना, लेखा समूह अन्तर्गत ४ जना तथा राजस्व समूह अन्तर्गत १५ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको छ।

बिज्ञापन

सामान्य प्रशासन समूहतर्फ भीष्मराज भट्टराई, देवीप्रसाद गौतम, राजेश भट्टराई, नमराज सापकोटा, देबेन्द्र घिमिरे, लालप्रसाद शर्मा भुसाल, सुरेन्द्र थापा, प्रेमकुमार श्रेष्ठ, लेखनाथ खतिवडा, केशव ज्ञवाली, सूर्यवती खनाल अधिकारी, महाप्रसाद दंगाल, अरुण सापकोटा, मोहनलाल पनेरु, गोमा घिमिरे, हेमबहादुर कार्की, विष्णुहरि तिमल्सिना, खगेन्द्रराज जोशी, पवनकुमार प्याकुरेल, मातृकाप्रसाद दाहाल, जयचन्द्र साह, राधिका गिरी, अर्जुनकुमार मण्डल, सुरेश बाबु घिमिरे र झविश्वर रेग्मीलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको छ।

लेखा समूहबाट पुष्कर निरौला, शंकरदत्त भट्ट, खड्कबहादुर शाही र सुमन मरासिनी उपसचिव पदमा बढुवा सिफारिसमा परेका छन्।

बिज्ञापन

राजस्व समूहतर्फ रामराजप्रसाद चौरसिया, गोपालप्रसाद भट्टराई, प्रमोद दास, कृष्णप्रसाद न्यौपाने, केशव रघुवंशी, हिमलाल शर्मा, चक्रप्रसाद ढुंगाना, शर्मिला सुवेदी, माया पन्थी, हरिप्रसाद भण्डारी, सुरेन्द्र पाण्डेय, जागेश्वर शर्मा, धनिश्वर अर्याल, सतेन्द्र मोहन गुरुङ र सूर्यबहादुर कुवँरलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

बिशेष