कान्छा सहसचिवका रुपमा रेकर्ड बनाएका प्रदीप परियारले भ्रष्टाचार मुद्धामा सात महिना पछि सफाइ पाएका छन् । गत जेठमा भ्रष्टाचार मुद्धा लागेर निलम्बित भएका प्रदीप् परियारसहितका तत्कालीन महानगरका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इञ्जिनियर जर्नादन गिरीलगायतले आज सफाइ पाएका हुन ।
बिज्ञापन
परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहँदा ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा गत जेठमा विशेषमा अख्तियारले मुद्धा दायर गरेको थियो ।
अख्तियारमा विशेषमा मुद्धा लैजादा परियार सूचना तथा प्रसारण विभागको महानिर्देशकको भूमिकामा थिए । केही महिनामात्र काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चलाएका परियारलाई सामाखुशी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसममको ढल निर्माण कार्यको ठेक्कामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहितको मिलेमतोमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रतिवादी बनाएको थियो ।
आयोगका अनुसार सबैभन्दा कम अङ्क १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गर्ने निर्णय व्यवसायी समानान्तर सेवा प्रालिलाई अयोग्य ठहर गरी कल्पवृक्ष–कोहिनुर जेभीलाई २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँमा ठेक्का दिइएको थियो ।
बिज्ञापन
उनीहरु उपर चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना मागदाबी लिइएकोमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारसहित सबैलाई सफाइ दिएको हो ।
पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँका ३२ बर्षकै उमेर निजामती सेवामा नयाँ रेकर्ड कायम गरेका थिए । ०४६ साल वैशाख महिनामा फलेवासको एक सामान्य परिवारमा जन्मिएका परियारले ३२ वर्षकै उमेरमा निजामती सेवामा खुल्ला प्रतिस्पर्धाबाट सह सचिव पदमा नाम निकाल्न सफल कर्मचारी हुन ।


























