प्रशासन
गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । २५ जना सहसचिवको सरुवा गर्दा विभिन्न जिल्लाका सिडिओ फेरिएका हुन् ।
गृह मन्त्रालयले २५ सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा पुगेका ७ सहसचिवको पदस्थापन र बाँकी १८ जनाको आज सरुवा भएको हो । सूची अनुसार हालैमात्र उद्योगबाट गृहमा पुगेका रामचन्द्र तिवारीलाई जिल्ला प्रशासन कार्यालय सुनसरी,उद्योगबाटै गृहमा पुगेका तीर्थराज चिलुवाललाई जिल्ला प्रशासन कार्यालय मकवानपुर,लामो समयदेखि जिम्मेवारविहिन रहेका अरुण पोखरेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीको […]
विशेष अदालतले भ्रष्टाचारी ठहरिएका सिनियर डिभिजनल इन्जिनियर ५७ वर्षीय नवीनकुमार पोखरेलको घरबाट ‘सुसाइड नोट’ समेत फेला परेको छ । भक्तपुरको लोकन्थलीमा शुक्रबार आफ्नै निवास झुन्डिएको अवस्थामा फेला परेका पोखरेलमाथि प्रारम्भिक अनुसन्धान गर्दा आत्महत्या गरेको देखिएको भक्तपुर प्रहरीका प्रमुख एसपी बेद विष्टले जानकारी दिए । प्रहरी स्रोतले सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको भन्दै कसैको […]
विराटनगर । महालेखापरीक्षकको कार्यालयले कोशीका प्रदेशका प्रदेश प्रमुखलाई छैटौं लेखा परीक्षण प्रतिवेदन बुझाएको छ । बुधबार कार्यालयले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार कोशी प्रदेशको बेरुजु एक अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको छ । लेखापरीक्षकको कार्यालयले प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको […]
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटलाई लिएर प्रशंसा र आलोचना दुवै भइरहेको छ । बजेटलाई केहीले चमत्कारिक भनेका छन् भने धेरैले जनतामा भरोसा र विश्वास जगाउन नसकेको भनी टिप्पणी गरेका छन् […]
अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । हिजोको बजेट भाषण पछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा मन्त्री पुनले सहकारी बचतकर्तालाई तत्काल पाँच लाख रुपैंयासम्म फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको र यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने बताए । मन्त्री पुनले […]
अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणको अनुभव सुनाएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा मन्त्री पुनले आफूले दोश्रो पटक बजेट पेश गर्न पाएपछि ‘रिल्याक्स मुड’मा रहेको बताउँदै बजेट निर्माण गर्दाका अनुभूति सुनाएका हुन । ‘राजनीतिक रुपमा संसदमा बजेट पेश हुन्छ कि हुँदैन भन्ने थियो,’ पुनले भने, ’अहिले रिल्याक्स मुडमा छौं । मन्त्री पुनले बजेट निर्माणका […]
गत आर्थिक बर्षमा ७५३ वटा स्थानीय तहमध्ये पाँच वटा पालिकाको बेरुजु शून्य रहेको पाइएको छ । कार्यालयका अनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय तहको लेखापरीक्षण गरिएकामा पाँच तहका शून्य बेरुजु देखिएको छ । एउटा स्थानीय तहको बेरुजु २५ प्रतिशतभन्दा बढी रहेको विवरण महालेखाले सार्वजनिक गरेको छ । बेरुजु […]
सङ्घीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको छ । गत चैत्रमा […]
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ मा गृह मन्त्रालयमा सरकारले १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री पुनले सरकारले अमनचयन कायम गर्दै सुरक्षाको प्रत्याभूति गर्ने बताए । उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगलाई संस्थागत सुदृढीकरण गरी दक्ष एंव व्यावसायिक बनाइने बताए । उनले भने,‘सुरक्षाकर्मीको सेवानिवृत्त […]