सरसफाई, अभिलेख तथा भौतिक संरचनाको ब्यवस्थापनमा जुट्न कर्मचारीहरुलाई आह्वान

निजामती तथा स्थानीय तहका कर्मचारीहरुलाई आफ्ना कार्यालयको सरसफाई, अभिलेख तथा भौतिक संरचनाको ब्यवस्थापनमा स्वस्फूर्त रुपमा जुट्नु आग्रह गरिएको छ ।

बिज्ञापन

निजामती तथा स्थानीय तहका कर्मचारीहरुलाई आफ्नो कार्यालयको भग्नावशेष र फोहोर हटाउन सामूहिक रुपमा आह्वान गर्ने क्रम बढेको छ । पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आफ्ना मन्त्रालय, कार्यालयको सर सफाइ अभियानमा खट्न आह्वान गरिएको हो ।

बिज्ञापन

सबैभन्दा धेरै कर्मचारीहरुको उपस्थिति रहेको रहेको स्थानीय तह कर्मचारी सरोकार फोरममार्फत यस्तो आह्वान गरिएको हो । सो ग्रुपमार्फत यस्तो आह्वान गरिएको हो । सम्पूर्ण कर्मचारीहरुलाई यस्तो आह्वान गरेका हुन ।

कर्मचारीहरुले लेखेका छन्,,सरकार बिहिनताको यस अवस्थामा सबै नेपालीहरू चिन्तित हुनु स्वभाविक नै हो । यो अवस्थामा स्थायी सरकारको रूपमा कर्मचारीतन्त्रले आफ्नो भुमिका निर्वाह गर्नु जरूरी छ । यस कठिन अवस्थामा देश र जनताको आशा जगाउने र देशको दैनिक प्रशासन तथा कार्य सञ्चालन गर्ने स्थायी सरकार भएको स्मरण गराउँदै उनले कर्मचारीहरुलाई फाइल, अभिलेख र कागजातको सुरक्षा गर्न र आ आफ्नो कार्यालय सफाइ गर्न आह्वान गरेको हुन ।

बिज्ञापन

स्मरण रहोस,यस अघि आगजनीबाट ध्वस्त भएको सर्वोच्च अदालतका कर्मचारीहरूले बुधबारदेखि नै सरसफाइ अभियान थालेका थिए । तर, सिंहदरबार लगायतका अन्य कार्यालयमा त्यसको कुनै प्रयास नभएपछि कर्मचारीहरूले आफैंले सरसफाई अभियान,फाइल तथा अभिलेख सुरक्षा गर्न आह्वान गर्न थालेका हुन ।
‘तपाईहरू जहाँ हुनुहुन्छ आफ्नो र परिवारको समेत स्वास्थ्य तथा सुरक्षाको ख्याल गर्दै आफ्नो कार्यालयमा भौतिक संरचनामा क्षती पुगेको भए कार्यालयका साथीहरूको संयुक्त पहलमा सरसफाई, अभिलेख तथा भौतिक संरचनाको ब्यवस्थापनमा जुट्नु हुन र सुरक्षा निकाय तथा स्थानीय प्रशासनको समन्वयमा रही सेवा प्रवाह गर्ने तर्फ समेत विचार पुर्याउनुहुन अनुरोध छ ।’

यस्तै तिर्थराज चापागाईले समेत सार्वजनिक नीति संवाद  मार्फत यस्तै आह्वान गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष