पूर्व मन्त्री र गृहसचिव कारागारै फर्कन तयार

मुलुकमा विकशित पछिल्लो घटनाक्रमको फाइदा उठाँउदै केन्द्रीय कारागारबाट फरार भएका कैदीबन्दीहरुमध्ये पूर्व मन्त्री र पूर्व सचिवसहितका केही कैदी बन्दीहरुले आफू कारागार फर्कन तयार रहेको सन्देश पठाएका छन् ।

बिज्ञापन

कारागार व्यवस्था विभागका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित तीन हजार ४५० कैदी फरार भएका थिए । तिनैमध्येका पूर्व गृह सचिव पाण्डे र मन्त्री रायमाझीले आफू मुलुकको जुनकुनै कारागारमा फर्कन तयार रहेको सन्देश प्रहरी र कारागार प्रशासनलाई दिएका हुन ।यस्तो सन्देश पठाउने दुबै नक्कली भुटानी शरणार्थी प्रकरणमा काराबासमा छन् ।

बिज्ञापन

हिजो केन्द्रीय कारागारबाट उनीसहित टोपबहादुर रायमाझी,चुणामणि उप्रेती गोरे लगायत ३३ सय कैदीबन्दीहरु फरार भएका थिए । यसरी फरार भएकामध्ये पूर्व गृहसचिव पाण्डे र पूर्वमन्त्री रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका कारागार प्रशासनले जनाएको छ । केन्द्रीय कारागार सुन्धारामा ३८ सय कैदीबन्दी रहेकोमा ३३ सय कैदीबन्दी फरार रहेको कारागार प्रशासनले जनाएको छ ।

विभागका अनुसार हालसम्म ११ हजार ५०५ जना कैदीबन्दी विभिन्न जेल तोडेर फरार भएका छन् । सुनसरीको झुम्का कारागारबाट मात्र एक हजार ५७२, नख्खु कारागारबाट एक हजार २७२ जना,जलेश्वरबाट भागे ५७२,गौरबाट २२९ कैदी फरार फरार भएका थिए । यसरी फरार भएकामध्ये दाङ तुलसीपुरबाट फरार भएका २५३ फरारमध्ये ४० नियन्त्रणमा लिइएको छ भने कपिलवस्तुबाट ४३५ फरार ५९, सप्तरीको गेट तोडेर फरार भएका कैदीमध्ये २४ जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हेर्डक्वाटर अगाडि जेन जीको हानहान

सरसफाई, अभिलेख तथा भौतिक संरचनाको ब्यवस्थापनमा जुट्न कर्मचारीहरुलाई आह्वान

‘संक्रमणकालमा प्रशासनयन्त्रले आफ्नो खुबी देखाउन सक्नुपर्छ’

जेनजी नै विभाजित : अन्तरिम सरकारको नेतृत्वमा अर्काे पक्षले अगाडि सार्यो कुलमान

‘निर्वाचित सरकार निस्क्रिय भए पनि स्थायी सरकार आ-आफ्नो जिम्मेवारी पूरा गर्न लागौं’

पूर्व मन्त्री र गृहसचिव कारागारै फर्कन तयार

जङ्गीअड्डा भित्र प्रधानसेनापतिसँग छलफल जारी,बाहिर सुशीला कार्की मान्दिनौं भन्दै नाराबाजी

असामान्य परिस्थिति : त्रिविले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने

बिशेष