‘निर्वाचित सरकार निस्क्रिय भए पनि स्थायी सरकार आ-आफ्नो जिम्मेवारी पूरा गर्न लागौं’

निजामती कर्मचारीहरुले निर्वाचित सरकार निस्कृय भए पनि स्थायी सरकारका प्रतिनिधिहरूले आफूले सक्ने जिम्मेवारी पूरा गर्न लाग्नुपर्ने बताएका छन् । यस्का लागि प्रारम्भमा स्वतस्फूर्तरूपमा सिंहदरवारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक रुपमा आह्वान गरेका छन्,कर्मचारीहरुले ।

बिज्ञापन

उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आआफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।सार्वजनिक नीति संवाद नामक फोरममा कर्मचारीहरुले यस्तो आह्वान गरेका हुन । झण्डै साढे २४ हजार सदस्य रहेको सो फोरममा यस्तो आश्वान गरिएको हो ।

बिज्ञापन

अत्री अविरल उपनामले आफूले चिनाउने तिर्थराज चापागाईले  लेखेका छन्, सिंहदरबार भित्रका सबै कर्मचारीहरू सम्भव भएसम्म आआफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौँ। सिंहदरबारबाहिर निकायका कर्मचारीहरूले पनि परिस्थितिको मूल्याङकन गरेर फाइल, अभिलेख तथा कागजातहरूको सुरक्षा, संरक्षण गर्ने तथा आ आफ्नो कार्यालय सरसफाइमा आजैबाट खटौँ।

अगाडि आह्वान गरिएको छ,अत्यावश्यक सेवालाई सम्भव भएसम्म नियमित र सुचारू गर्ने गराउने पहल गरौँ। जेन्जीहरूको आक्रोस कुशासन र अकर्मन्यता विरुद्ध पनि हो। त्यसलाई आजैबाट फाल्ने र इमानदारी पूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गरौँ।

बिज्ञापन

कार्यालयसम्म आउँदा सम्भव हुनेहरूले पैदलै आऊँ। सरकारी सवारी साधनको प्रयोग नगरौँ। जोखिम हुनसक्छ, तोकिएको पोसाक भने नलगाऊ। तर आ आफ्नो कार्यालय जाऊँ र स्वस्फूर्तरूपमा खटिऊँ।

यस्तै, परिस्थितिको मूल्यांकन गरेर फाइल, अभिलेख र कागजातको सुरक्षा गर्न र आ-आफ्नो कार्यालय सफाइ गर्न आह्वान गरिएको छ ।
जेनजीको आन्दोलनका क्रममा सिंहदरबारका अधिकांश मन्त्रालयहरु खण्डहर बन्न पुगेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हेर्डक्वाटर अगाडि जेन जीको हानहान

सरसफाई, अभिलेख तथा भौतिक संरचनाको ब्यवस्थापनमा जुट्न कर्मचारीहरुलाई आह्वान

‘संक्रमणकालमा प्रशासनयन्त्रले आफ्नो खुबी देखाउन सक्नुपर्छ’

जेनजी नै विभाजित : अन्तरिम सरकारको नेतृत्वमा अर्काे पक्षले अगाडि सार्यो कुलमान

‘निर्वाचित सरकार निस्क्रिय भए पनि स्थायी सरकार आ-आफ्नो जिम्मेवारी पूरा गर्न लागौं’

पूर्व मन्त्री र गृहसचिव कारागारै फर्कन तयार

जङ्गीअड्डा भित्र प्रधानसेनापतिसँग छलफल जारी,बाहिर सुशीला कार्की मान्दिनौं भन्दै नाराबाजी

असामान्य परिस्थिति : त्रिविले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने

बिशेष