Author: कर्मचारी प्रेस
मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा मंगलवार बसेको सचिवस्तरीय बैठकले हरेक मन्त्रालयमा कर्मचारी दरबन्दी र कार्यरत कर्मचारी संख्याको अद्यावधिक विवरण तयार गर्ने लगायतका ११ निर्णय गरेको छ । आजको बैठकले सबै मन्त्रालयलाई कर्मचारी दरबन्दी र कार्यरत कर्मचारीको अद्यावधिक विवरण तयार गर्न निर्देशन दिएको छ। कार्यालयबाट सरुवा भएका कर्मचारीलाई सात दिनभित्र रमाना दिने व्यवस्था सुनिश्चित गर्न, र संघीय […]
आफू निकटस्थलाई बढूवा गर्नका लागि दरबन्दी थप्ने र अनुकुलका प्रहरीलाई छेक्न दरबन्दी कटौती गर्ने खेलोमेलो विगतदेखि नै चल्दै आएको छ,प्रहरीमा । जस्तो पाँच बर्ष अघि ओली नेतृत्वकै सरकारले कटौती गरेको थियो डीआइजीको दरबन्दी । अहिले उनै ओली सरकारले डीआइजीको दरबन्दी थप्ने तयारी गरिरहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैतमा एकसाथ १२ जना […]
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बोलाएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक रोकेर एमाले र काँग्रेसको शीर्षस्थ नेताहरुबीच छलफलमा जुटेका छन् । शीर्ष नेताहरुबीचको छलफल अबेर सुरु भएका कारण ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक भने स्थगित गरिएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चलेको छलफलमा प्रधानमन्त्री […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक डाकेका छन् । आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित भएको बताइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाएको एक मन्त्रीले जानकारी दिए । सामान्यतया साताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गर्छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएकाले सोमबार आकस्मिक बैठक बसेर उनको राष्ट्रिय […]
पहिलो चौमासिकमा राजश्व संकलन कमजोर काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा राजश्व संकलनमा उल्लेख्य सुधार गर्न नसकेको पाइएको छ । आन्तरिक राजश्वमा केही सुधार देखिएपनि भन्सारतर्फ उल्लेख्य सुधार नभएको प्राप्त तथ्यांकबाट पुष्टि भएको छ । आन्तरिक राजश्व विभागले लक्ष्यको ७७ दशमलव ८४ प्रतिशत मात्र राजश्व उठाएको छ । विभागले कात्तिकसम्ममा १ खर्ब ४० […]
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । सीआईबी प्रवक्ता होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी […]
अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले एक अर्ब रुपैयाँ जम्मा गरेको जानकारी दिएको हो। गत ११ र १२ असोजमा गएको बाढीपहिरोले जनधनको क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, […]
शासन प्रणालीमा नागरिकको सक्रिय सहभागिताको सुनिश्चितता गरी सह–शासनको पद्धति स्थापना गर्ने, सहकार्य र साझेदारी, सार्वजनिक सेवाको उत्पादन, वितरण र उपभोगमा सरोकारवालाको संलग्नता बढाई मूल्यवान परिणाम सृजना गर्ने र दोहोरो अन्तरक्रियामा आधारित नागरिक सरकारको सम्बन्ध प्रगाढ तुल्याई सम्पूर्ण शासन प्रणालीलाई नै पूर्ण प्रजातान्त्रिक बनाउने विषय नयाँ सार्वजनिक शासनका चासो र अध्ययन तथा अनुसन्धानका क्षेत्र हुन । […]
काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुनेछ ।निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुने छ । मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार आज ,अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्ड,बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको मूल्य घटेको छ । राष्ट्र बैङ्कका अनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । […]