किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

पहिलो चरणमा विविध विदा र औषधोपचार सुविधा लिएका झण्डै ८ हजार कर्मचारीको शुद्धीकरण गरिने

बिज्ञापन

राष्ट्रिय निजामती किताबखानाले कर्मचारीको सूचना तथा अभिलेख शुद्धीकरण अभियानमा साथ दिन सम्बन्धित सबैमा आग्रह गरेको छ । विभागले आज एक सूचना जारी गर्दै कर्मचारीसँग सम्बन्धित केही विवरण भए त्यस्ता विवरण विमागमा इमेल गर्न तथा ह्वासटपमा पठाउन आह्वान गरेको हो ।

बिज्ञापन

कर्मचारी सूचना बैंकको रुपमा रहेको राष्ट्रिय निजामती कितावखानाले केही समयदेखि शुद्धीकरण अभियान सञ्चालन गर्दै आएको छ । यस अघि कर्मचारीको एकीकृत तथ्यांक समेत गञ्जागोलपूर्ण अवस्थामा थियो । निजामती कितावखानाको महानिर्देशकको कुर्सीमा श्रवण कुमार पोखरेल पुगेसँगै विभागलाई पुर्नजीवन दिने,चलायमान बनाउने काम तिव्रतादिने काम भइरहेको छ ।  सोही विभागको रियल टाइम डाटा अननुसार ८५ हजार ४२८ कर्मचारी कार्यरत रहेका छ्न । यस्तै अवकासमा गएका कर्मचारीको संख्या ७० हजार ९५५ रहेको किताबखानाको अभिलेखमा उल्लेख छ ।

सोही किताबखानाको विवरण अनुसार विविध विदा उपयोग गरिरहेका ७ हजार १९० जना कर्मचारी र औषधि उपचार वापत रकम लिइरहेका ६२२ कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

किताबखानाका अनुसार सात हजार १ सय ९० कर्मचारी अहिले बिदामा छन् । असाधारण, तलबी असाधारण, तलबी अध्ययन, बेतलबी अध्ययन र बेतलबी बिदा लिएका कर्मचारीहरुले उनीहरूको बिदाको प्रकार र दुरुपयोग भए–नभएबारे किताबखानाले अभिलेख शुद्धीकरणको काम अघि बढाएको हो । कतिपय कर्मचारीले बिदा सुविधाको दुरुपयोग गरेको गुनासो, अभिलेख प्रणाली चुस्त नहुँदा बिदाको दुरुपयोग गरेकालाई कारबाही गर्न समस्या परेको गुनासो आए पछि विभागले अभिलेख शुद्धीकरणका लागि टाक्सफोर्स नै बनाएको छ ।विविध विदा र औषधि उपचार सुविधा लिएका कर्मचारीहरुको एक- एक भौतिक फाइल परीक्षण गरिरहेका विभागले ती कर्मचारीहरुका सम्बन्धमा कुनै विवरण भए प्रमाणीत कागजातसहित इमेल गर्न वा ह्वाटसअपमा पठाउन  किताबखानाले सूचना प्रकाशन गरेको छ ।

कर्मचारीसम्बद्ध बिभिन्न प्रकृतिका सूचनालाई शुद्व , बैध र विश्वासनीय (एक्टिभ,भ्यालिट र रिलाइएवल) तुल्याउन सूचना शुद्विकरण अभियान अर्थात डाटा क्यिलिरिङ तिब्र रुपमा सन्चालन भैरहेको महानिर्देशक श्रवण कुमार पोखरेलले जनाएका छन् । कर्मचारी सूचनाका १७ वटा मुख्य क्षेत्रमा भएका मिसम्याच पत्ता लगाई शुद्विकरण गरिने रणनीति अन्तर्गत पहिलो चरणमा यसरी विविध प्रकृतिका बिदा र औषधि उपचार सुबिधालाई फोकस गरिएको पोखरेलको भनाई छ ।

विविध प्रकृतिका बिदाको उपयोग गरिएको देखिएका ७ हजार १९० कर्मचारीको वैयक्तिक फाईल र औषधि उपचार सुबिधा लिइएको देखिएका ६ सय २२ कर्मचारीको फाइलको एक एक गरी अध्ययन भइरहेको किताबखानाले जनाएको छ । किताबखानाले यी दुवै प्रकृतिका कर्मचारीहरुको बिवरण बिभागको वेब साईटमा समेत राखेको छ । विभागले आज एक सूचना जारी गर्दै शुद्विकरण अभियानमा सहयोग पुर्याउन सरोकारवाला सवै कर्मचारीलाई अनुरोध गर्दै डेटिकेट इमेल र ह्वाटसप नम्बर समेत सार्वजनिक गरेको छ ।
यी र यस्ता कर्मचारीसँग सम्बन्धित केही सूचना भए ह्वाटसअप नम्बर ९८५१४०६३६७ अर्थात इमेल [email protected] मा पठाउन किताबखानाले सूचना प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

मालपानीसँग राजश्व,यातायात,भन्सारदेखि वाणिज्यका कर्मचारीको ‘नेक्सस’ खोज्दै अख्तियार

प्रहरीमा राजीनामा दिनेको लर्काे,पाँच बर्षमै पाँच हजारद्धारा जागिर परित्याग

विदेश जाने ठाउँमा कति ब्ल्याकलिष्ट ?

नेतालाई चन्दा,सर्वसाधरणलाई महंगी,नियामक निकाय ‘निन्द्रा’मै

बिशेष