करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

एउटा अधिकृत तहका कर्मचारीले पाँच बर्षमा कति सम्पत्ति आर्जन गर्ला ? मासिक पचास हजार तलब थाप्दा समेत मुस्किलले बीस तीस लाख बचत गर्न सक्छ । तर गोदावरी नगरपालिकामा कार्यरत एक इन्जिनियरले पाँच बर्षको अवधिमा झण्डै तीन करोड रकम आर्जन गर्न सफल भएको भेटिएको छ । यसरी अकुत आर्जनमा डामिएका इन्जिनियर हुन,सुवास विष्ट जो गोदावरी नगरपालिकामा कार्यरत छन्,करार सेवामा । अख्तियारले उनै विष्टलाई प्रतिवादी बनाउँदै अकुत आर्जन र भ्रष्टाचारको मुद्धा दायर गरेको छ । आयोगले सार्वजनिक सम्पत्ति दोहन गरी अकुत सम्पत्ति आर्जन गरेको निष्कर्षसहित ले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

बिज्ञापन

१ फागुन ०७६ मा गोदावरी नगरपालिकामा नियुक्त भएका थिए विष्ट । इन्जिनियरको रूपमा प्रवेश गरेपछि बिष्टले झण्डै पाँच बर्षको अवधि अर्थात २०८१ साउन १४ गतेसम्मको वैद्य आय जम्मा १ करोड २७ लाख ७४ हजार ६ सय ७३ रुपैयाँ मात्र देखिनुपर्नेमा सोही अवधिमा उनले ३ करोड २४ लाख ८४ हजार ८ सय ३० रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको र सो को स्रोत खुल्न नसकेको भन्दै अख्तियार विशेषमा पुगेको हो । विष्टले भ्रष्टाचारबाट आर्जित रकमले जग्गा खरिद, घर निर्माण, सेयर बजार, छोराको पढाइ खर्च, विभिन्न कम्पनीमा लगानी तथा बैंकको ऋण तिर्न प्रयोग गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

अख्तियारका अनुसार बिष्टले आफ्नो वैध कमाइभन्दा १ करोड ९७ लाख १० हजार १ सय ५७ रुपैयाँ बढी खर्च गरेका छन् । झन्डै २ करोड रुपैयाँ बराबरको यो सम्पत्तिको स्रोत उनले पुष्टि गर्न सकेनन् । विष्टविरुद्ध १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ ६३ पैसा बिगो कायम गरी कैद र जरिवानाका साथै लुकाइछिपाइ राखेको बिगो सम्पत्ति समेत जफतको मागदाबी आयोगले गरेको छ।​ सम्पत्ति जफत प्रयोजनका लागि आयोगले उनका बुवा सुदर्शन विष्टलाई पनि प्रतिवादी बनाएको छ ।​​​

अवैध सम्पत्ति व्यवस्थापनमा सहयोग गरेको भन्दै अख्तियारले इन्जिनियर उनका बुबा सुदर्शन बिष्ट दुवैलाई प्रतिवादी बनाएको छ । आयोगले बिगो जफत र कानुन बमोजिमको सजाय माग गर्दै मुद्दा दर्ता गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

बिशेष