स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

७ करोड भ्रष्टाचार मुद्धा,२ लाख धरौटी

बिज्ञापन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता सिंह भण्डारी दुई लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन्। गत माघ १५ मा अख्तियारले प्रतिष्ठानमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले पूर्वउपकुलपति भण्डारीसँगै प्रतिष्ठानका तत्कालीन कायममुकायम रजिस्ट्रार तथा डेपुटी फाइनान्स म्यानेजर कैलाशप्रसाददेव, तत्कालीन निर्देशक डा। सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा बोम बीसी, तत्कालीन बायोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आषुतोश भण्डारीका अलवा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, राप्ती प्रतिष्ठानका तत्कालीन शाखा अधिकृत झन्कार लामिछाने, लिलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, तत्कालीन लेक्चरर डा श्रीसिया पोख्रेल, तत्कालीन आईटी अफिसर हिरालला भण्डारी, तत्कालीन लेखा अधिकृत राजीव बस्नेत, तत्कालीन फिजियोथेरापिस्ट पूजा ठाकुर, तत्कालीन कम्युटर असिस्टेन्ट सतिशबहादुर शाही, तत्कालीन फामेसी सुपरभाइजर कृष्णप्रसाद जोशी र तत्कालीन स्टाफ नर्स विन्दु पौडेललाई पनि विपक्षी बनाइ ७ करोड ३१ लाख ८२ हजार बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

बिज्ञापन

मंगलबार विशेष अदालतमा उपस्थित भएकी भण्डारीलाई न्यायाधीश सुदर्शनदेव भट्ट र हेमन्त रावलको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। सिटिस्क्यान मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा मंगलबार विशेष अदालतमा उपस्थित भएकी उनलाई न्यायाधीशहरू सुदर्शनदेव भट्ट र हेमन्त रावलको इजलासले २ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

भण्डारी सदाबहार मन्त्री बनेर चर्चामा रहेका शरदसिंह भण्डारीको बहिनी हुन । उनीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा पनि विशेषमा विचाराधिन छ।संयोग कस्तो परेको छ भने अहिले अख्तियारका स्वास्थ्यका दुई संगीताविरुद्ध सँगसँगै भ्रष्टाचार मुद्धा चलाएको छ । डा संगीता कौशल भण्डारी र डा संगीता मिश्रा महोत्तरी कै हुन्। सदाबहार मन्त्री शरदसिंह भण्डारीकी बहिनी संगितालाई २ लाख धरौटीमा छाड्नु केही दिन अघिमात्र संगीता कौशललाई पाँच लाख धरौटीमा छाडेको विशेषले गत साता संगीता कौशल जोडिएको भ्रष्टाचार मुद्धामा प्रमाण बुझ्ने आदेश दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

बिशेष