स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। नेपाल प्रहरीले प्रसाईंलाई काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो।

बिज्ञापन

प्रसाइँ वीरगन्जको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले वीरन्जमा गर्न लागेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रसाइँ बाटोबाटै पक्राउ परेका हुन्। राजसंस्था पुनस्थापनाको मागसहित निर्वाचन बहिष्कार गर्दै आएका प्रसाईंले आज बिहानमात्रै एक भिडिओ सन्देश जारी गरेर भोलि वीरगञ्जमा जुलुस निकाल्ने तयारी भइरहेको जानकारी गराएका थिए ।
उनले बारा,पर्सा, सिमरा,कलैयासहित तराईका सम्पूर्ण आमाबुबा,दाजुभाइ तथा दिदिबहिनीहरुलाई वीरगञ्ज आउन अनुरोध गरेका थिए । मधेशले वारपार गर्ने बेला आएको छ, यो एउटा राम्रो मौका हो, त्यसैले भोलि दिउँसो १२ बजे सबै जना जुटौँ ।’

बिज्ञापन

सोही कार्यक्रममा सहभागी हुन जान लाग्दा प्रहरीले प्रसाईलाई पक्राउ गरेको हो । स्थानीय प्रशासनको अनुमतिबेगर नै हुन लागेको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । यस अघि सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा पोखराबाट पक्राउ गरेका प्रसाइँलाई काठमाडौँ ल्याएर माघ ६ गते प्रहरीले रिहा गरेको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

मालपानीसँग राजश्व,यातायात,भन्सारदेखि वाणिज्यका कर्मचारीको ‘नेक्सस’ खोज्दै अख्तियार

प्रहरीमा राजीनामा दिनेको लर्काे,पाँच बर्षमै पाँच हजारद्धारा जागिर परित्याग

विदेश जाने ठाउँमा कति ब्ल्याकलिष्ट ?

नेतालाई चन्दा,सर्वसाधरणलाई महंगी,नियामक निकाय ‘निन्द्रा’मै

सम्पत्ति विवरण नबुझाउनेलाई पेन्सन रोक्का, कितावखानाको कडा प्रहार

यी हुन सहसचिवमा नियुक्तिका लागि सिफारिस भएका ११ उमेद्धार

बिशेष