नेतालाई चन्दा,सर्वसाधरणलाई महंगी,नियामक निकाय ‘निन्द्रा’मै

प्रतिनिधि सभा सदस्य निर्वाचनका मिति आउन अब एक महिना बाँकी छ । तर निर्वाचनको मिति नजिकिँदै जाँदा बजारमा कृत्रिम अभाव शुरु भइसकेको छ भने उपभोक्ताको ढाड सेकिने गरी बजारमा महँगी बढ्न थालेको छ ।

बिज्ञापन

नेपाल आयल निगमले बजारमा प्रर्याप्त एलपीजी ग्यास रहेको बताइरहेको छ तर उपभोक्ताहरु ग्यास अभावको मार खेपिरहेका छन् । नेताहरूलाई चुनाव लागेको छ, तर हामी गरिबलाई महङ्गी र अभावले सताउन थालेको छ ।

बिज्ञापन

अहिले बजारमा खानेतेल,चामलदेखि अण्डा,मैदा,तरकारीको मूल्य बढाइरहेका छन्,व्यापारीहरुले । माघ पहिलो सातामात्रै खानेतेलको भाउ लिटरमै ५० र प्रतिकार्टुन ३ सय रुपैयाँसम्म बढाएका उद्योगी–व्यवसायीले क्रमश चामल, तरकारी, आटा, मैदा, अन्डा, मासु लगायत खाद्यवस्तुको मूल्य बढाइसकेका छन् । चुनाव लागेसँगै चामलको मूल्य बोरामा २०० रुपैयाँले बढाइएको छ भने तेल प्रति कार्टुन ३०० रुपैंयाले बढेको छ । यस्तै आटा तथा मैदाको मूल्य २० रुपैयाँले बढेको छ । अण्डाको मूल्य समेत यही समयमा बढाइएको छ ।
नेता तथा कार्यकताएहरुलाई निर्वाचन लागेको छ । मारमा सर्वसाधारण परेका छन । अहिले यही निर्वाचनको मुखमा जनताको भान्सा झनै मंहगो बनेको छ । यसरी व्यापारीहरुले कृत्रिम अभाव गर्दा र मंहगी बढाउँदा समेत राज्यको उपस्थिति भने बजारमा देखिदैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा छन् अहिले रोशन ज्ञवाली । रोशन उद्योग विभागका महानिर्देशक तत्कालीन राजेश्वर ज्ञवालीको भतिज हुन । गत वैशाखमा वाणिज्य विभागका महानिर्देशक थिए,कुमार दाहाल ।

यो विभाग कुमार दाहाल महानिर्देशक हुँदा एकदमै चलायमान थियो । ठूला ठूला व्यापारीक फर्महरुमा छापा मार्नेसम्मको काम सो समयमा भइरहेको थियो । दाहाल तिनै सहसचिव हुन जसले आरजु राणाका स्कुलदेखि युवराज शर्माका कन्सलटेन्सी,कमल मालपानीको श्रीराम टोबाको प्रालिको उद्योगमा छापा हानेका थिए । उनै कुमार दाहाललाई अवकाशको मुखमा सरुवा गरेर त्यहाँ पुर्याइएका रोशनहरुले कुमार भन्दा अगाडिका पूराना महानिर्देशकहरुकै पथ पच्छ्याउँदै मौसमी अनुगमन र खुद्रा पसलमाथि डण्डा जारी राखेका छन् तर ठूला उद्योगीहरुलाई कतै छुन र चलाउन सकेका छैनन् । विभाग कालाबजारीयाहरुको ‘एसम्यान’ हुँदा चुनावको मुखमा महंगीले जनताको भान्सा प्रत्यक्ष प्रभावित भइरहेको छ तर अनुमगनदेखि कारवाहीको जिम्मेवारी प्राप्त यो सरकारी निकाय मौन रहँदा व्यापारीहरुलाई कालोबजारी र कृत्रिम मूल्य बृद्धि गर्न झन सहज भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त

‘लाली’ र ‘करेन्ट’ चाउचाउ विषक्त, बजारबाट फिर्ता गर्न सरकारको आदेश

सरकारी ठेक्का ह्याकिङ प्रकरण शहरीका सुब्बा कारागार चलान,ठेकेदारहरुलाई धरौटीमा छाड्ने आदेश

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

बिशेष