अन्त शुल्क स्टिकर छपाईमा दुई महानिर्देशक उपर अनुसन्धानको सुँइ सोझिएको छ । तत्कालीन महानिर्देशकद्धय दीर्घराज मैनाली र रितेश शाक्यले गडबडी गरेको भेटिएपछि यसमा अख्तियारले हात हालेको हो । मदिरा तथा सुर्तीजन्य वस्तुमा टाँसिने अन्तस्शुल्क स्टिकर छपाइ र प्रिन्टर खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले त्यहाँबाट सबै फाइल मगाएको छ । रितेश शाक्य महानिर्देशक हुँदा यो प्रक्रिया […]

आइतबार एउटा भिडियोले सामाजिक सञ्जाल ततायो। भिडियो थियो मधेस प्रदेशका तत्कालीन शिक्षामन्त्रीले कार्यालय प्रमुखलाई कुटपिट गरेको। उक्त भिडियो सामाजिक सञ्जालमा भूसको आगो चाहिँ फैलियो।मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले राजविराजस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीणप्रताप अधिकारीलाई कुटेपछि उक्त भिडियोले सामाजिक सञ्जाल ततायो । दुईवटा योजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले […]

नेपालको प्रजातान्त्रिक आन्दोलनको सात दशक भन्दा लामो ऐतिहासिक योगदान पश्चात देशले उच्चतम प्रजातान्त्रिक प्रणालीले युक्त संघीय लोकतान्त्रिक शासन प्रणाली अवलम्वन गर्न पुगेको छ। संवैधानिक व्यवस्था अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय गरी तीन तहको बहु सरकारको अवधारणा अनुरुप हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा […]

पाँच/ दश हजार घुस खाने खरिदार,सुव्वा समाएर त्यसैमा रमाउँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय ठूला विचौलिया र माफियाहरुतिर अनुसन्धानको सुई सोझाएको छ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल यस्तै ठूला माछा हुन । राज्य सत्तालाई प्रभावमा पारेर सूचना प्रविधि क्षेत्रमा हालीमुहाली गर्दै आएका यी […]

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा कायम छ । युरोको मूल्यमा भने फेरबदल छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ […]

राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए। उनका अनुसार प्रदेशभर भोलि बिदा रहने छ। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो […]

नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो । वृद्धि भएको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ ।निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ । जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर […]

सशस्त्र प्रहरी बलको पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सञ्चालित ‘बाहिनीपति कप २०८०’ का विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । चैत १३ गतेदेखि १८ गते सम्सञ्चालित प्रतियोगितामा नम्बर १९ बगलामुखी विशेष कार्यदल गण प्रथम भएको छ । फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबल टेनिसलगायतका खेल विधाहरू समावेश गरी सञ्चालन भएको प्रतियोगिता सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव […]

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामले गति लिने भएको छ ।दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा हुन लागेको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि चीनबाट सामानहरू आउन थालेका छन्। २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्रिलिङ सर्वेको कामका लागि नेपालगन्ज नाका रुपैडियामा रोकिएको ठुला उपकरणहरु आउन थालेको हो। ड्रिलिङ सर्वेको लागि ल्याइने ठुला उपकरणहरु […]

माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत नेपाली विषयको प्रश्न पत्र सिरहामा ‘आउट’ भएको छ। परीक्षा सुरु भएको केही मिनेटमै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको थियो। चिट बनाउन परीक्षा हल वाहिर रहेका ब्यक्तिले परीक्षा हलबाट ह्वाट्सएप मार्फत प्रश्न पत्र आउट गराएका थिए। त्यसपछि बजारमा प्रश्नपत्र फालाफाल भएको थियो। स्रोतका अनुसार उक्त प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डकै […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।