राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

काठमाडौँ — राष्ट्रिय किताबखानाको सेवा प्रवाह प्रणालीले नयाँ चरणमा प्रवेश गरेको छ। आजबाट किताबखानाको मुख्य सेवा प्याकेज ‘समयसीमाभित्र’ सेवा प्रदान गर्ने चरण पार गर्दै ‘फेसलेस’ अर्थात् सेवाग्राहीको भौतिक उपस्थितिबिनै सेवा उपलब्ध गराउने चरणमा पुगेको छ। अबको अन्तिम गन्तव्य ‘ई–पेन्सन’ प्रणाली रहेको जनाइएको छ, जसअन्तर्गत सेवाग्राहीले जिल्लाबाटै पेन्सनसम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन्।

बिज्ञापन

किताबखानाले लागू गरेको मुख्य सेवा प्याकेज अन्तर्गत पेन्सन पट्टा, संचित बिदाबापत पाउने सुविधा निर्धारण पत्र (घर बिदा तथा बिरामी बिदा), औषधि उपचार सुविधा निर्धारण पत्र तथा निवृत्त डिजिटल परिचयपत्र समावेश गरिएको छ।

बिज्ञापन

मुख्य सेवा प्याकेजलाई अधिकतम दुई घण्टाभित्र सम्पन्न हुने ‘समयसीमाबद्ध’ र सेवाग्राहीको प्रत्यक्ष उपस्थितिबिनै सम्पन्न हुने ‘फेसलेस’ बनाउने क्रममा विभागले दुई प्रमुख विधि अपनाएको जनाएको छ।

४–डी सूत्रको प्रभावकारी कार्यान्वयन

बिज्ञापन

पहिलो विधिका रूपमा ४–डी सूत्र लागू गरिएको छ। यसअन्तर्गत सेवा कक्षको कम्प्युटर पर्दामा डिजिटल प्रतिलिपि : निवृत्त हुने शतप्रतिशत कर्मचारीको फाइल डिजिटल रूपमा कम्प्युटर प्रणालीमा उपलब्ध भइसकेको छ।

सेवा कक्षको र्‍याकमा कागजात व्यवस्थापन : निवृत्त हुने कर्मचारीका कागजात प्रत्येक महिनाको एक गतेअघि नै सेवा कक्षको र्‍याकमा व्यवस्थित रूपमा राखिने व्यवस्था गरिएको छ, जसले फाइल खोज्नुपर्ने झन्झट हटाएको छ।

सेवा बिन्दु नजिक निर्णय अधिकार : निर्णय गर्ने अधिकारी सेवा प्रवाह हुने स्थान नजिकै रहने व्यवस्था सुनिश्चित गरिएको छ।समर्पित कर्मचारीको परिचालन : सेवा कक्षको अग्रपंक्तिमा सेवाप्रति प्रतिबद्ध र सेवाग्राहीप्रति जवाफदेही कर्मचारी खटाइएको छ।

डिजिटल तथ्यांक आदान–प्रदान प्रणाली

दोस्रो विधिका रूपमा डिजिटल तथ्यांक आदान–प्रदान प्रणालीलाई महत्व दिइएको छ। यसका लागि अनुप्रयोग प्रोग्रामिङ इन्टरफेस (एपीआई) को विकास र प्रयोगमार्फत विभिन्न सरकारी प्रणालीबीच डिजिटल तथ्यांक आदान–प्रदान सुनिश्चित गरिएको छ। एपीआई प्रयोग गरी राष्ट्रिय परिचयपत्र प्रणाली तथा सम्बन्धित विभागीय प्रणालीसँग कर्मचारी विवरण व्यवस्थापन प्रणालीको जडान गरिएको छ।

यस व्यवस्थापछि सेवाग्राहीले अब फोटो टाँस्नुपर्ने, लेखात्मक वा रेखात्मक हस्ताक्षर गर्नुपर्ने जस्ता प्रक्रियागत बाध्यताको अन्त्य भएको छ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेल का अनुसार ४–डी सूत्र र एपीआईमार्फत डिजिटल तथ्यांक आदान–प्रदानको संयोजनले किताबखानाको दुई घण्टे समयसीमाबद्ध सेवालाई थप नतिजामुखी बनाउँदै पूर्ण ‘फेसलेस’ सेवाको बिन्दुसम्म पुर्‍याइएको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष