ट्रेड युनियनको निर्वाचनमा एमाले कर्मचारी संगठनको प्यानलै विजयी,माओवादी दोश्रो हुँदा काँग्रेस तेश्रो

संघीय संसद सचिवालयको आधिकारिक ट्रेड युनियनको चुनावमा एमालेनिकट कर्मचारी संगठनको प्यानलै विजयी भएको छ ।

बिज्ञापन

निर्वाचनमा अध्यक्षमा रेणुका सुवेदी, उपाध्यक्ष प्रविन राई, सचिव पवन महत, सहसचिव अनिषा ढकाल तथा कोषाध्यक्ष सुरज पाण्डे निर्वाचित भएका छन् ।

बिज्ञापन

अध्यक्षमा सुवेदीले ९२ मत ल्याएर निर्वाचित हुँदा सरश्वती रिजालले ४७, अरुणकिशोर शर्माले ३५ र विष्णु खड्काले ३४ मत ल्याएका छन् । २११ मत खस्दा १ मत बदर भएको निर्वाचन मण्डललले जनाएको छ । जहाँ यस्तै उपाध्यक्षमा सुवेदी प्यानलकै प्रविन राई एक सय ११ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी नवीनकुमार सिंहले ५५, जंगबहादुर मगरले ३७ मत प्राप्त गरेका थिए ।

सचिवमा पवन महत निर्वाचित भए । उनले एक सय आठ मत प्राप्त गरेका थिए । सचिवका उम्मेदवारहरू सदन राईले ५२, प्रवल पौडेलले ३१ र विनय चौरेलले १२ मत ल्याए । यस्तै सहसचिवमा अनिशा ढकालले एक सय दुई मत ल्याएर विजयी भइन् । कोषाध्यक्षका उम्मेदवार सुरज पाण्डे एक सय मत ल्याएर विजयी भए । सदस्यमा डल्ले गुरुङ एक सय ४३, सानुकाजी महर्जन एक सय १२, निरज दाहाल एक सय चार, सन्तोषकुमार यादव एक सय २२, ज्योती साह ९९ र सुदाम सुवेदीले एक सय १६ मत ल्याए ।

बिज्ञापन

मतदान अधिकृतका अनुसार, दोस्रो माओवादी पक्षको संगठन हुँदा कांग्रेस निकट संघ तेस्रो हुन पुगेको छ ।

यस अघि नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको सिङ्गो टिम निर्वाचित भएको थियो । आधिकारिक ट्रेड युनियनको निर्वाचनमा २२ वटा मतदान केन्द्र अर्थात कार्यालयमा भएको मतदानमा कूल ५०६ मत खस्दा माओवादी निकट कर्मचारी नेता ई सुभाष कोइरालाको नेतृत्वको सङ्गठन विजयी भएको थियो ।

त्यहाँ काँग्रेस दोश्रो हुँदा एमाले निकट कर्मचारी संगठन तेश्रो भएको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दिवा खाजामा मात्रै साढे ३ अर्ब खर्च

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

‘घरबाटै काम, हत्केलामै सेवा’ : राष्ट्रिय किताबखानाको सेवा प्रवाहमा अर्को डिजिटल छलाङ

सम्पत्ति केलाउनमै कानुनी समस्या

कर्मचारी बजेट लेखनमा व्यस्त: कोरलामा भेप तस्करी, २४०० कार्टुन भेप गायब

निजामती ऐनको दफा ५२ च विपरित ट्रेड युनियनकर्मीको सरुवा

७ शाखा अधिकृतको सरुवा,२ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

बिशेष