संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० उपसचिवको सरुवा गर्दा १० जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यस्तै विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेका ६ उपसचिवहरु संघीय मन्त्रालयमा भित्रिएका छन् ।
बिज्ञापन
यसरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएका उपसचिवहरुमा कलैया उपमहानगरपालिकाबाट नाथु साहलाई भोजपुर,पोखरिया नगरपालिकाबाट राम विनय कुमार सिंहलाई कलैया उपमहानगरपालिका,सामान्यको अतिरिक्त समूहबाट धर्मानन्द जोशीलाई पोखरिया नगरपालिका,पर्सा,बूढीगंगाबाट अमरराज जोशीलाई बुंगल नगरपालिकामा खटाइएको छ ।
यस्तै,पुरुषोत्तम घिमिरेलाई सामान्यको अतिरिक्त समूहबाट चौतारा साँगाचोकगढी नगरपालिका,त्रिपुरासुन्दरीबाट नोखिराम ओलीलाई पनौती नगरपालिकामा खटाइँदा जिसस,पर्वतबाट किरण पौडेललाई कुश्मा नगरपालिका,पर्वतमा पठाइएको छ । खानेपानी मन्त्रालयबाट भक्तराज जोशीलाई गौरीसंगा नगरपालिका,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सुदूरपश्चिमबाट हिरालाल चौधरीलाई जितपुर सिमरा उपमहानगरपालिका,मुसिकोटबाट यमकान्त पाण्डेयलाई बुद्धभूमिमा खटाइएको छ ।
यसरी १० उपसचिवहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदा छेडागाड नगरपालिकाबाट हेमकुमार ढकाल शिक्षा मन्त्रालय,बुद्धभूमिबाट वाशुदेव भट्टराई खानेपानी मन्त्रालय,पनौतीबाट दामोदर शर्मालाई सामान्य अतिरिक्त समूह,सिम्रौनगढबाट राधा देवकोटालाई प्रधानमन्त्री कार्यालय,चौतारा साँगाचोकगढीबाट बैकुण्ठ सापकोटा सामान्य अतिरिक्त समूह,साँफेवगरबाट अर्जुन सेन ओलीलाई पर्यटन मन्त्रालयमा ल्याइएको छ ।

























