एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट

निजामती सेवाबाट १ हजार २९६ कर्मचारी गायब भएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक विवरण राख्दै आएको निकाय निजामती किताबखानाले चलाएको शुद्धीकरण अभियानमा परेर १२९६ कर्मचारीहरु घटेका हुन । निजामती किताबखानाको हिजो बेलुकासम्मको लाइभ टाइम विवरण अनुसार अब निजामती सेवामा ८५ हजार १९ कर्मचारीमात्र सेवारत रहेका छन् ।

बिज्ञापन

 कितावखानाले प्रयोग गरिरहेको कर्मचारी सूचना प्रणालीको ड्यास वोर्डमा कार्यरत कर्मचारीको रियल टाइम संख्या डिस्प्ले भैरहेको हुन्छ । सोही ड्यास वोर्डमा यस अघि ८६ हजार ३१५ कर्मचारी रहेको विवरण देखिँदै आएकोमा हिजो बेलुकादेखि निजामती कर्मचारीको संख्या १ हजार २ सय ९६ ले घटेर  ८५ हजार ०१९ मा झरेको हो ।
निजामती सेवाबाट कसरी एकै दिन १ हजार २ सय ९६ कर्मचारी घटे त ? कर्मचारी प्रेसले किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलसँग जिज्ञासा राख्दा ती कर्मचारीहरु शुद्धीकरणमा परेको प्रतिक्रिया दिए ।

बिज्ञापन

जहाँ र जुन निकायको नेतृत्व गर्दछन्,त्यही केही न केही सुधार गर्ने सुधारवादी प्रशासक हुन श्रवण पोखरेल । गत फागुन २१ मा पोखरेलले निजामती किताबखानाको नेतृत्व सम्हाल्दै गर्दा त्यहाँ आवद्व विभिन्न सेवा,समूह,उपसमूह,पद,वतन लगायतका बिबिध ४ लाख ८ हजार बढिको संख्यामा रहेको थियो । सोही अशुद्ध विवरण शुद्धीकरण गर्दै जाँदा निजामती क्षेत्रमा आवद्ध रियल टाइम कर्मचारीको विवरण ८६ हजार ३ सय १५ रहेको थियो किताबखानाको तथ्यांक अनुसार ।

तीन महिना अघि उनै पोखरेलले शुद्धीकरण अभियान चलाए । सो का लागि एउटा कार्यदल गठडन गरेका थिए । उक्त कार्यदलमा किताबखानाका दुई जना निर्देशक,सूचना प्रविधि इञ्जिनियरका अलवा,प्रशासतर्फका २ जना नासुहरु रहेका थिए । सोही कार्यालयले तीन महिना समय लगाएर ८६ कर्मचारीको एक एक विवरणहरु केलाउँदै जाँदा १ हजार २ सय ९६ कर्मचारीहरु अदृश्य भएका हुन ।
९ महिना अघि महानिर्देशकको जिम्मेवारीमा श्रवण कुमार पोखरेल बिभाग आए देखि प्रबिधि, सेवा प्रवाह, अभिलेखको डिजिटलाइजेसन, अभिलेख शुद्विकरण ( purifying data ) जस्ता कार्यहरुलाई प्राथमिकतामा राखि ”special mission to reform” नै संचालन गरिरहेको छ विभागले । सोही परिणाम हो निजामती सेवाबाट एकाएक १२९६ कर्मचारी गायब भएका । अभिलेख शुद्विकरण अभियानको परिणाम नै हो लाइभ सिष्टमबाट एकाएक १,२९६ कर्मचारी अदृश्य भएका हुन ।

बिज्ञापन

पोखरेलका अनुसार  अभिलेख शुद्विकरण अभियान अन्तर्गत ५१५ वटा भौतिक फाइलको एक एक गरि प्रमाणीकरण गर्दा सेवाबाट हटिसकेका प्रमाण संलग्न रहेका ३१ जनालाई प्रणालीबाट पुर्ण रुपमा हटाइएको छ । बाँकी ४८४ फाइलको अतिरिक्त थप अन्य फाइल समेतको अध्ययन गर्दा बिगत १० बर्ष देखि पिआइएसमा कुनै पनि सूचना अपलोड नभएका, सम्पती बिवरण बुझाएको नपाईएको, सम्पर्क स्थापित हुन पनि नसकेका समेत कुल १,२६५ कर्मचारीहरुको बिवरणलाई पनि प्रणालीबाट निजामती किताबखानाले हटाएको हो ।

१० बर्ष बढि समय देखि निस्क्रिय रहेको र सम्पर्क समेत स्थापित हुन नसकेका यस्ता कर्मचारी सेवामा नरहेको हुँदा पछि थप अनुसन्धन हुने गरि लाइभ प्रणालीबाट तामेली सेक्सनमा स्थानान्तरण गरिएको महानिर्देशक पोखरेलले कर्मचारी प्रेसलाई जनाए ।  यसरी बिवरण निस्कृय रहेको र सम्पर्कमा समेत नरहेका १,२९६ कर्मचारी सेवाबाट बिभिन्न कारण बाहिरि सकेको बिभागको अनुमान छ ।  कुनै कर्मचारी प्रमाण सहित सम्पर्कमा आएमा शुद्विकरण गर्न सकिने गरि पुर्ण बिवरण सुरक्षित राखिएको तर यस्तो संभावना शून्य रहेको पोखरेल बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

दरबन्दी कटौतीमा परेका सब -इन्जिनियर आन्दोलित

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

बिशेष