रसुवा एमालेमा भाँडभैलो :-अध्यक्ष ढकालपछि पालिकाको पूर्व अध्यक्षद्धारा पार्टी परित्याग

नेकपा एमाले रसुवाको इमान्दार कार्यकर्ताको छवि बनाएकी सीता अधिकारीले समेत सो पार्टी परित्याग गरेकी छिन् । जिल्ला पार्टी अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेको तीन दिन पछि उनले समेत पार्टी परित्यागको घोषणा गरेकी हुन ।
बुधबार समाजिक सञ्जालमार्फत आफूले पार्टी परित्यागको घोषणा गरेकी हुन ।
सीता ०७४ सालको स्थानीय तहको निर्वाचनमा रसुवाको कालिका गाउँपालिकाबाट बिजयको झण्डा फहराइन् । रसुवाको इतिहासमा महिलाले पहिलो पटक पालिका प्रमुख जितेर रेकर्ड राखेकी थिइन । जीवनका साढे दुई दशक कांग्रेसको राजनीति गरेकी उनका माइती पक्षका अधिकांश काँग्रेसकै राजनीतिमा सक्रिय हुँदा हुँदै रसुवाका एमाले तत्कालीन सांसद जनार्दन ढकालहरुको जोडबलमा एमाले पार्टीमा प्रवेश गरेकी थिइन । गाउँपालिका अध्यक्षको टिकट समेत हात पारिन् । १४५८ मत प्राप्त गरेर बिजयी समेत भएकी थिइन ।
अध्यक्षका रुपमा पाँच बर्ष कार्यरत रहँदा पालिकाको विकासका लागि उल्लेखनीय काम गरेकी उनले पनि एमाले पार्टी परित्यागको घोषणा गरेकी हुन । निवर्तमान पालिका अध्यक्ष रहेकी उनी पार्टीको जिल्ला कमिटि सदस्यको रुपमा क्रियाशिल थिइन ।

बिज्ञापन

यस अघि गत शनिवारमात्र एमाले पार्टीका जिल्ला अध्यक्ष ढकालले पार्टी परित्यागको घोषणा गरेका थिए । गत वैशाख २५ मा सम्पन्न पार्टीको ९ औं जिल्ला अधिवेशजिल्ला अध्यक्षमा निर्वाचित ढकालले १० महिना पछि नै सो पार्टी परित्यागको घोषणा गरेका थिए । यस अघि पार्टीको जिल्ला सचिव चलाएका उनी ०७० सालको संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

बिज्ञापन

माओवादी,नयाँ शक्ति,जनता समाजवादी,नेपाली काँग्रेस हुँदैं एमाले पार्टीमा प्रवेश गरेका प्रेम तमाङ लगायतका नेताहरुका कारण पछिल्लो समय रसुवा एमालेमा भाँडभैलो निस्किएको छ । प्रेम ०६४ को संविधानसभा निर्वाचनमा रसुवाबाट माओवादी प्रतिनिधिको रूपमा विजयी भएका थिए । त्यसपछि उनी ०७४ सालमा तत्कालीन नयाँ शक्ति पार्टीको तर्फबाट रसुवा क्षेत्र नम्बर १ ख बाट बागमती प्रदेशसभामा विजयी भएका थिए । पछि उनी काँग्रेस बनेका हुन र ८० साल वैशाख ९ मा एमालेमा प्रवेश गरेका हुन । पछिल्लो समय प्रेम तमाङले वर्गीय मुद्धा बोक्ने कम्युनिष्ट पार्टीभित्र जातीय राजनीति र गुटबन्दी गर्न थालेसँगै जनार्दन ढकाल र सीता अधिकारीहरु पार्टीबाट अलग भएका छन् । यो घटनाक्रमलाई कतिपयले वन साङ्लाले घर साङ्लालाई लखेटेको रुपमा विश्लेषण गरेका छन् ।

बिज्ञापन

ढकालले हिमालयन टेलिभिजनमा रामचन्द्र अर्यालसँग अन्तर्वार्ता दिँदै भनेका छन्,पार्टी बैठकहरूमा आफूमाथि पार्टी सचिव लगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरेको,पार्टी अध्यक्षलाई घेराबन्दी गर्ने, काम गर्न नदिने र गरेका कामहरूलाई जस नदिने प्रवृत्ति जन्मियो, यसबारे केन्द्रका महासचिव र प्रदेश इन्चार्जलाई पनि भनियो, तर समस्या समाधानमा चासो भएन । ढकालका अनुसार पार्टीको समस्याबारे पार्टी केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरूलाई जानकारी गराउँदा पनि समस्या सम्बोधनमा चासो नदेखाएपछि पार्टीबाट अलग हुनुपरेको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।