Author: कर्मचारी प्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरुद्ध गर्न थालेपछि सरकारले संसदको हिँउदे अधिवेशन अन्त्य गर्ने तयारी अगाडि बढाएको छ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नका लागि कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । यसरी तारान्तार संसद् अवरुद्ध हुँदै आएपछि सरकारले अधिवेशन अन्त्य गर्ने तयारी अगाडि बढाएको हो […]
राष्ट्रिय मानव अधिकार आयोगको सचिव नियुक्ति विवादमा अदालतमा प्रवेश गरेको छ । ३३ महिनादेखि मानव अधिकार आयोगमा सचिव नियुक्तिका लागि मुरारिप्रसाद खरेलको नाम सिफारिस गरेको छ । खरेलको नाम यस अगाडि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिजेक्ट गरेको थियो । फेरि उनै खरेलको नाम सिफारिस गरेको छ । सामन्यता अयोगले सचिव बढुवा सिफारिस गरेपछि मन्त्रिपरिषद्ले […]
हिजोका लागि तय भएको मन्त्रिपरिषद्को बैठक आज दिँउसो १ बजे बस्न लागेको छ । शुक्रबार बिहान १० बजे डाकिएको क्याविनेट बैठक अहिले १ बजे बस्ने गरी सारिएको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।यस्तै आजको क्याविनेटले मिडिया काउन्सिल सम्बन्धी विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारी गरिरहेको बताइएको […]
निजामती प्रशासनको क्षेत्रमा २०८० धेरै बिषयले चर्चामा रह्यो । बहालवाला सचिव नै फौजदारी अभियोगमा मुछिएर जेलमा पुगे २०८० मा । वैशाख २० गते उपराष्ट्रपति कार्यालयमा बहालमै रहेको समयमा सचिव टेकनारायण पाण्डे पक्राउ परेसँगै शुरु भएको सचिव पक्राउ र भ्रष्टाचारमुद्धाको सिलसिला बर्षभर जारी रह्यो । जीवनभर शिक्षा सेवामा काम गरेका टेकनारायण पाण्डेलाई सेटिङमा गृहमन्त्रालय लगियो । […]
अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एकीकृत समाजवादीको कोटामा छ । उक्त कोटाबाट मन्त्री बनेका छन्,भानुभक्त जोशी । जोशी इमानका सतिसाल र गौ प्राणी हुन । उनै मन्त्रीलाई गुमराहमा राखेर केही दिन अगाडि एकीकृत सरकारी कर्मचारी संगठनका नाममा केही कर्मचारीहरुले बोलकबोलमै सरुवा धन्दा चलाएको भन्दै आपत्ति जनाएका छन्,पार्टी अध्यक्ष माधव नेपालको भाञ्जी ज्वाईले । […]
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन् । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो । वर्तमान प्रवक्ता कृष्णप्रसाद भण्डारीलाई जङ्गीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा गरिएको छ। भण्डारीले केही दिनमै सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने भएका छन्। सैनिक जनसम्पर्क तथा […]
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको सेयर शाखा […]
सांग्रिला डेभलपमेन्ट बैंकले २ जना संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४२ हजार ९८२ कित्ता सेयर बिक्रीमा राखेको हो । खरिद गर्न चाहने बैंकका विद्यमान संस्थापक शेयरधनीले बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। सो समयावधिभित्र बिक्री नभएमा प्रचलित नियमानुसार सर्वसाधारणका लागि खुला गरिने पनि बैंकले […]
एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ । जुन चैत महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ९.३३ प्रतिशतले कम हो । बैंकले चैत महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ […]
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा भ्रष्टाचार मुद्दामा तानिएका छन्। मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति जम्मा गरेको आरोपमा ५ करोड ३३ लाख ५३ हजार १८९ बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधि हिसाब गर्दा उनको कुल वैध आय ७ […]