मदिराले मातेका प्रमुख प्रशासकीय अधिकृत उपमेयरको कार्यकक्षमा गएपछि…

बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्य मदिराले मातेर कार्यालयमा आई झगडा गरेका छन्।

बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक पाँचौं तहका कर्मचारी नगेन्द्र भण्डारी मंगलबार मदिरा सेवन गरी कार्यालय आएको नगरका उपमेयर रत्नकुमारी पाण्डेले बताए।

बिज्ञापन

मदिरा सेवन गरे पनि गौतम र भण्डारीले कुनै बदमासी नगरेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत आचार्य भने मेयर थारू र उपमेयर रत्नकुमारी पाण्डेसँग झगडामा उत्रिएका थिए।

‘प्रमुख अधिकृत आचार्य मदिराको नशामा मेरो कार्यकक्षमा आएर टेबल ठोक्दै धम्की दिनुभयो, मेयर र मलाई ‘सडकछाप’ बनाइदिने र घर जलाइदिने जस्ता आक्रामक बोलीहरू प्रयोग गरेपछि मैले मेयरलाई बोलाएर प्रहरीमा उजुरी गरेका हौं’ उनले भनिन् ।

बिज्ञापन

उपमेयरले मेयरलाई बोलाइपछि मेयर थारुले तत्काल प्रहरीलाई खबर गरेका थिए ।घटनाको सूचना पाएपछि जयनगर प्रहरी कार्यालयले तीनै जनालाई नियन्त्रणमा लिएर नगर अस्पताल लगी मापसे परीक्षण गराएको र अस्पतालले आचार्यमा मदिरा सेवन गरेको तर गौतम र भण्डारी नशामुक्त रहेको भेटिएको थियो ।उनीमाथि विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिने बारबर्दिया नगरले जनाएको छ ।

उता आरोपित आचार्यले फेसबुकमा मेयर थारूमाथि ‘पावर टिलर खरिदमा घुसखोरी’को आरोप लगाएका छन् । जसलाई मेयरले ‘निराधार र आवेगमय’ ठहर्याए। मेयरले स्पष्ट पारे अनुसार, नगरले किसानहरूको ५० प्रतिशत सहयोगमा पावर टिलर खरिद गर्न इ-बिडिङ प्रक्रिया अपनाएको हो, जुन आचार्यलाई मन नपरेको हो।

सुर्खेतका आचार्य आगामी वैशाख १४ गते अनिवार्य अवकाशमा जाँदैछन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष