कर्मचारीको आँखा छलेर मध्यरातमा निजामती विधेयक पारित

कर्णाली प्रदेश सभाले ‘कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेको छ।

बिज्ञापन

सोमबार मध्यराति बसेको प्रदेश सभाको ३१ औँ बैठकले विधेयक पारित गरेको हो।विधेयक यसअघि प्रदेश मामिला समितिमा थियो । सोमबार दिउँसो ३ बजे संसद बैठक बस्ने कार्यतालिका रहेपनि विधेयक नै पास गर्नुपर्ने उद्देश्यसहित राति ९ बजेबाट मात्रै प्रदेश सभा बैठक सुरु भएको थियो ।

बिज्ञापन

सातौँ तहमा सिफारिस भइसकेका कर्मचारीहरूले विधेयकमा अनेक समस्याहरू रहेको भन्दै तत्काल पारित गर्न नहुने माग राख्दै धर्ना दिएका थिए।

उनीहरू विधेयकप्रति असन्तुष्ट भए पनि सरकारको दबाबमा विधेयक पारित गरिएको आरोप लगाएका छन्।यो सँगै प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गरिएको छ । सभामुख नन्दा गुरुङले प्रदेश प्रमुखले पठाएको पत्र वाचन गर्दै अधिवेशन अन्त्य गरिएको घोषणा गरिन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । ‎‎पाँचौं अधिवेशनको पहिलो बैठक माघ ७ गते बसेको थियो । अधिवेशनमा ३१ वटा बैठक बसे भने ३६ घण्टा १ मिनेट २५ सेकेण्ड समय व्यतित् भएको सभामुख गरुङले बताइन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष