बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोमबार […]

नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (डीआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस भएका छन् । गएराति बसेको बढुवा समितिको बैठकले उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा सिफारिस गरेको हो । एआइजीद्वय मिरा चौधरी र सन्दीप भण्डारी यसै सात अवकाशमा जाँदै छन् । भण्डारी आजबाट र चौधरी वैशाख ६ बाट अवकाशमा जान […]

रामनवमीमा सरकारले सार्वजनिक बिदा दिएको छ।गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैते दशैंका अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले […]

संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द निरौलाले सोमवार पदभार ग्रहण गरेका छन् । ३० बर्ष अघि गोश्वारा हुलाक कार्यालयमा अस्थायी नायव सुव्वा पदबाट निजामती यात्रा प्रारम्भ गरेका निरौला कर्मचारीहरुको खटन पटन गर्ने केन्द्रीय निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रुपमा पदभार ग्रहण गरेका हुन । ०५४ साल साउन १२ मा लोकसेवा परीक्षा […]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड, २०८० कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले कर्मचारीले गरेको कामको आधारमा सरुवा गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तरगतका निकायमा कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउने सम्बन्धी मापदण्ड, २०८० जारी गरेको हो । गत चैत २२ गते शिक्षामन्त्री सुमना श्रेष्ठको […]

नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर तीन रुपयाँले वृद्धि गरेको छ ।मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । नेपाल आयल निगम लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर दुई […]

काठमाडौं । वन तथा वातावरण मन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा समाधान खोज्न तीनै तहको सरकार र विज्ञहरुको सहयोगको आवश्यकता भएको बताएका छन् । हिमाल, मानव र जलवायु परिवर्तन विषयक राजधानीमा सोमबार भएको विशेषज्ञहरुको अन्तर्राष्ट्रिय संवादमा उनले यो समस्या सरकार वा कुनै व्यक्तिको मात्रै नभएकाले मिलेर समाधान खोज्नुपर्ने बताए । उनले भने, ‘यो […]

काठमाडौं, ३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नवनियुक्त सचिव दिनेश भट्टराईलाई मन्त्रालयमा स्वागत गरिएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त सचिव भट्टराईको स्वागत गरिएको हो । स्वागत कार्यक्रममा बोल्दै नयाँ सचिव भट्टराईले कर्मचारीहरूलाई नयाँ उर्जा र योजनाका साथ काम गर्न निर्देशन दिँदै टिम स्प्रिटमा विश्वास गर्ने समेत बताउनुभयो । […]

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा बैशाख ०३ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । नेपाल सरकार (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०/१२/२३ गतेको निर्णयानुसार सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी […]

यही बैशाख १ गतेबाट हराईरहेका एक युवकको शव सशस्त्र प्रहरी बलकोे गोताखोरले सेती नदिको १ सय ५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा बैशाख ३ गते सोमबार दिउँसो निकालेको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ बर्षका जगत पुन बैशाख १ गतेदेखि हराएको र सेतीको खोँचमा अड्किएको देखेपछि स्थानीयले सशस्त्र प्रहरी बल नेपालको पोखरास्थित […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।