राप्रपाको नेतृत्वमा आज काठमाडौंमा राजावादीको पुनः प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बिशाल आमसभा प्रदर्शन गर्दैछ ।

बिज्ञापन

भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानिय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो ।

बिज्ञापन

‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार बिभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन  सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो ।’

उनले अगाडी भने, ‘सरकारको रवैयाबाट बुझौं, हाम्रो आन्दोलनले उचाई लिदैंछ, आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।’

बिज्ञापन

सो प्रदर्शनलाई सफल बनाउने पुर्व तयारीका लागि हिजो केन्द्रिय कार्यालय धुम्बाराहीमा केन्द्रिय कार्यसमितिको बैठक पनि बसेको थियो । जुन बैठकले प्रदर्शन सभ्य, अनुशाषित र भब्य बनाउने निर्णय गरेको छ ।

बादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाइ नेतृत्वको गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भए पछि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आजको प्रदर्शन अनुशाषित बनाउन बिशेष जोड दिनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन–सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्शानीको एकीकृत तथ्यांक

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

बिशेष