सेनिटरी प्याड खरिदमा डामिए प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृतसहित पाँच जना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।अख्तियारले उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र सागर देवी फर्माका सञ्चालक विमलेश शाहविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधिविपरीत काम गरी ५१ लाख ९९ हजार १२० रूपैयाँ बढी भुक्तानी दिएको आरोपपत्रमा उल्लेख छ । आयोगले सागर देवी फर्मा, हेटौँडा तथा उक्त फर्माका सञ्चाल विमलेश शाहले राष्ट्रसेवकसँगको मिलोमतोमा आर्थिक वर्ग २०७७/ ७८ को लागि सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेटमा ५४ रूपैयाँको दरले ९६ हजार २८० प्याकेटको ५१ लाख ९९ हजार १२० बढी भुक्तानी लिएको देखिएको उनीसहित कर्मचारीहरुलाई प्रतिवादी बनाएर आरोप पत्र दायर गरेको हो ।

आयोगका अनुसार अघिल्लो आर्थिक बर्षमा प्रति प्याकेट ७८ मा खरिद गरिएको सेनिटरी प्याड खरिद गर्दा पछिल्लो आर्थिक बर्षमा प्रतिप्याकेट २४ रूपैयाँमा खरिद गरेको देखिएकोले पछिल्लो वर्षभन्दा अघिल्लो वर्ष प्रतिप्याकेटमा ५४ रूपैयाँको दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० बढी भुक्तानी गरेको हुँदा प्रहलाद प्रसाद वर्णवाल, विजय अधिकारी, राजेश ठाकुर हजाम र दिव्या सर्राफलाई सोही बराबरको बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजाय गर्न माग गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष