मन्त्रिपरिषद बैठक बस्दै, ७० बढी सहसचिवको सरुवा गर्ने तयारी

आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यो नियमित बैठक हो ।

बिज्ञापन

बैठकमा समसामयिक विषयका साथै केही कर्मचारीहरुको सरुवा हुने प्रधानमन्त्री कार्यालयको स्रोतले बताएको छ । सरकारले २१ सचिवहरुको सरुवा गरिसकेसँगै अब सहसचिवहरुको सरुवाको प्रक्रिया अगाडि बढाएको छ । सरकारले एकैसाथ ७० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरूको सरुवाको प्रस्ताव लैजाने तयारी गरिरहेको बुझिएको छ । अवधि पुगेका, ठूला र आकर्षक मानिएका अड्डाका महानिर्देशकदेखि शक्तिशाली मानिएका जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूसम्म सरुवा हुने सूचीमा रहेका सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

विभिन्न विभागका डिजी, प्रदेश प्रमुख र प्रमुख जिल्ला अधिकारीहरुसहित गरी एकै लटमा ७० भन्दा बढी सहसचिवहरु सरुवा हुन सक्ने आँकलन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष