मन्त्रिपरिषद बैठक बस्दै, ७० बढी सहसचिवको सरुवा गर्ने तयारी

आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यो नियमित बैठक हो ।

बिज्ञापन

बैठकमा समसामयिक विषयका साथै केही कर्मचारीहरुको सरुवा हुने प्रधानमन्त्री कार्यालयको स्रोतले बताएको छ । सरकारले २१ सचिवहरुको सरुवा गरिसकेसँगै अब सहसचिवहरुको सरुवाको प्रक्रिया अगाडि बढाएको छ । सरकारले एकैसाथ ७० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरूको सरुवाको प्रस्ताव लैजाने तयारी गरिरहेको बुझिएको छ । अवधि पुगेका, ठूला र आकर्षक मानिएका अड्डाका महानिर्देशकदेखि शक्तिशाली मानिएका जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूसम्म सरुवा हुने सूचीमा रहेका सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

विभिन्न विभागका डिजी, प्रदेश प्रमुख र प्रमुख जिल्ला अधिकारीहरुसहित गरी एकै लटमा ७० भन्दा बढी सहसचिवहरु सरुवा हुन सक्ने आँकलन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिहिबारदेखि बन्द रहेको सरकारको भुक्तानी प्रणाली सुचारु,’तलब-भत्ता खुवाउन कुनै समस्या नहुने’

लाइसेन्स छपाइ तथा वितरण अनिश्चितकालका लागि स्थगित

सचिवहरुसँग प्रधानमन्त्रीले भनिन् :’म सत्ताको रसस्वादन गर्न आएको होइन, ६ महिनामा छोड्छु’

‘आई क्विट’ भन्दै सुमना श्रेष्ठले त्यागिन रास्वपा

आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई १० लाख दिने सरकारको निर्णय

‘आगोले सम्पत्ति जले पनि आत्मबल कहिल्यै जल्दैन, अब फेरि उठ्नुपर्छ’

‘जेलर र सचिवलाई अप्ठ्यारोमा पार्न चाहन्न,सुव्वादेखि माथिका सबैले जाँच दिनुपर्दछ’

गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो

बिशेष