अर्थका दुई सहसचिवको जिम्मेवारी हेरफेर,बजेटमा नेपाल

अर्थ मन्त्रालयका सचिव परिवर्तन गरिएसँगै सहसचिव हेरफेर शुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा दुई घिमिरे बन्धुलाई सचिवका रुपमा भित्र्याएका छन् । सेटिङमा नीतिगत बदलाव गरि राज्यलाई अरबौं नोक्सानी पुर्याउने काममा सचिव घिमिरेसहित अर्थका उच्च पदस्थहरु जिम्मेवार रहे । जस्को सानो उदाहरण हो ०८१ ८२ को आर्थिक ऐनमा पनि देखिएको छ । ऐनको दफा ५७ मा छेडखानीमा अर्थका उच्च पदस्थहरु जोडिए । उक्त दफाको उपदफा १ मा आर्थिक विधेयक २०८१ ले आयकर ऐन २०५८ को दफा ५७ को उपदफा (१) मा प्रतिबन्धात्मक वाक्यांश थपेको थियो, जसमा ‘तर साबिकका सेयरवाला तथा साझेदारको सेयर सङ्ख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन’ भन्ने व्यवस्था राखिएको थियो । यस्तै विवादित व्यक्तिलाई राजश्वबाट अर्थमा सारिएको छ भने राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेले पाएका छन् ।

बिज्ञापन

सचिव परिवर्तनको काम फत्ये भएसँगै अब सहसचिव चलाउन शुरु गरिएको छ । अर्थ मन्त्रालय २५ सहसचिव कार्यरत छन् । जसमा मन्त्रालयमै सबैभन्दा आकर्षक मानिन्छ बजेट तथा कार्यक्रम महाशाखा,उक्त महाशाखामा अर्थकै भाग्यमानी सहसचिव श्रीकृष्ण नेपालले अवसर पाएका छन् । उनलाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाबाट बजेटमा सारिएको हो । नेपाल यस अघि २०७९ पुस १० गते अर्थमन्त्री भएपछि विष्णु पौडलले २०७९ माघ १८ गते श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । ०७४ सालमा वाम गणबन्धनको सरकारबनेपछि २०७८ बैशाखसम्म नेपाल अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख थिए । २०७७ सालमा नेपाललाई सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा हुँदा उक्त सरुवा बदर गर्न लगाएका उनी अर्थका पावरफुल सहसचिवमा चिनिन्छन् । काँग्रेसका अर्थमन्त्री हुँदा समेत उनले काँग्रेसीलाई रिझाएर त्यही टिक्न सफल भएका उनी एमालेको सरकार आएसँगै बजेट महाशाखाको जिम्मेवारी पाएका हुन ।

बिज्ञापन

त्यस्तै मन्त्रालयको राजस्व व्यवस्थापन महााशाखामा रहेका धनिराम शर्मालाई भने अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा पठाइएको छ। अर्थ मन्त्रालयले विभिन्न विभागका सहसचिवहरुको सरुवाको आन्तरिक तयारी गरिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

बिशेष