‘लोकसेवा गुरु’को भ्रष्टाचार मुद्धा शर्मा श्रीमानको एकल इजलाशमा

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर भएका पूर्वप्रशासक चुडामणि शर्माले दायर गरेको रिट उपर आज सुनुवाई हुँदैछ । हालैमात्र आत्मसमर्पण गरेर डिल्लीबजार कारागारमा पुगेका शर्माले गत शुक्रवार दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको छ।

बिज्ञापन

भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गर्दै उनीसहितका दुई प्रतिवादीसँग दामासाही रूपमा बिगो भराउने फैसला गरेको थियो। बिगो दामासाहीले भाग लगाउँदा हरेकको भागमा २ अर्ब ५ करोड ४६ लाख पर्छ। बिगोको दोब्बर सजायहुँदा रकम प्रतिव्यक्ति ४ अर्ब १० करोड पुगेको थियो। ३० अर्ब ५२ करोड रुपैंयाको राजस्व फस्यौंट गर्दा ९ अर्ब ५४ करोड रुपैंयामात्रै राज्यकोषमा दाखिला भई अरु रकम अनियमित ढंगले मिनाहा भएको घटनामा शर्मा मुछिएका शर्मालाई विशेषले गत वर्ष शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैयाँ तिराउन आदेश गरेको छ । बिगो र जरिवाना वापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् । आफैँ आत्मसमर्पण गरेपछि थुनामा रहेका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको छ।
शर्माले विशेष अदालत समेत ४ लाई विपक्षी बनाउँदै साउन २५ गते मुद्दा दायर गरेका थिए । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका शर्माले आफू बिरामी रहेको दाबीसहित बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च पुगेका उनले पुनरावेदन पनि गरेका छन् । विशेषको फैसला त्रुटिपूर्ण रहेको उनको दाबी छ।

बिज्ञापन

विशेष अदालतले शर्मालाई कर फर्छ्यौट आयोगमा रहँदा राज्यको सम्पत्ति दुरुपयोग गरी कर छुट दिएको भन्दै ९ वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको थियो । विशेषले २०८० असारमा उनलाई उक्त सजाय सुनाएको थियो ।

शर्मासँगै कर फर्छ्यौट आयोग, २०७१ का पदाधिकारीहरू अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल पनि दोषी ठहर भएका थिए । अख्तियारले उनीहरूसँग १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर भ्रष्टाचार गरेको दाबी गरेको थियो ।

बिज्ञापन

शर्मा आन्तरिक राजश्व विभागको महानिर्देशक हुँदा गरेको बदमासी प्रकरणमा मुछिएर अहिले कारागारमा पुगेका हुन ।सचिव बन्ने लाइनमा रहेका उनी यही प्रकरणमा डामिएर निलम्बनमा परेका थिए । अख्तियारले ७४ सालमै यो मुद्धा अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष