समकक्षीको निमन्त्रणामा भारतीय विदेश सचिव काठमाडौंमा

भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । उनलाई आइतवार बिहान काठमाडौंको त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललगायतले स्वागत गरेका थिए ।

बिज्ञापन

परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा आएका हुन । भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएपछि मिस्री नेपाल भ्रमणमा आएका हुन । यो मोदीको तेस्रो कार्यकाल सुरु भएपछि भारतले पठाएको पछिल्लो उच्चस्तरीय भ्रमण पनि हो । मिश्री यही असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका हुन्।  समकक्षी सेवा लम्सालको निम्तोमा आएका मिस्रि नेतृत्वको चार जनाको टोलीलाई विमानस्थलमा भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका थिए । भारतीय दूतावासका डिफेन्स अट्याची कर्नेल भी सुब्रमण्यम, प्रथम सचिव सशी कुमार, कोअर्डिनेटिङ अफिसर हरजिन्दर सिंह, फ्लाइट ह्याण्डलिंग अफिसर रविन्द्र शर्मालगायत तीन जना सम्पर्क अधिकृत पनि मिश्रको स्वागतका लागि विमानस्थलको अति विशिष्ट कक्षमा पुगेका थिए । त्यहाँबाट उक्त टोली बत्तिसपुतलीस्थित होटल द्वारिकाज पुगेको छ । टोलीमा अनुराग श्रीवास्तव, प्रियंका सहनी र अश्विन भास्करण छन् ।

बिज्ञापन

। परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ । साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मिस्रीले आजै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार,राष्ट्रपतिसँगको भेटपछि उनले तीन बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । यस्तै आजै उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंहलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम पनि रहेको छ ।

आजै परराष्ट्र सचिव लम्सालले सचिव मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नेछिन् । सोमबार बिहान ११ः४५ बजे उनले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ सवा ६ बजे नयाँ दिल्ली फर्कने तालिका छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री संसदमा नजाने, सांसदसँगको प्रश्नोत्तर स्थगित

सामान्यमा मोटोपैसाको चलखेल: मन्त्री गुप्ताको कार्यशैलीप्रति व्यापक असन्तुष्टि 

कमल भट्टराईको एक्सनमा बैदेशिक रोजगार विभागको मुहार फेरिँदै

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, भुमी बिधेयक पेश गरिने

कम्युटर अपरेटर र सर्भेक्षकसहित १८ कर्मचारीको सरुवा

३२ जना नासुको सरुवा (सूचीसहित)

२२ जना खरिदारको सरुवा

सुनिल पौडेलसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिशेष