जब अनुगमनका क्रममा काठमाडाैँ महानगरले रेस्टुरेन्टकाे पानीमा किरा भेट्याे‍‍‍…

काठमाडौँको अनामनगरमा रहेको किम्चि फास्टफुडमा मिनरल वाटरको बोतलभित्र किरा भेटिएको छ ।

बिज्ञापन

काठमाडौँ महानगरको कानुन तथा मानव अधिकार विभागले किम्चि फास्टफुडमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले पानी खान खोज्दा मिनरल वाटरको बोटलभित्र किरा भेटिएको हो । उक्त मिनरल वाटरको बोतलमा किम्चि फास्टफुड लेबल टाँसिएको छ ।

बिज्ञापन

महानगरकै कार्यक्रममा राखिएको मिनरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरको खाद्य प्राविधिकसहित नगर प्रहरीलाई बोलाइएको थियो । महानगरको टोलीले उक्त बोतल सिल गरी महानगर लगेको छ । महानगरका खाद्य प्राविधिक अशोक पराजुलीले मिनरल वाटरको बोतलभित्र लार्भा जस्तो देखिने किरा भेटिएको पुष्टि भएको बताए ।

उनले उक्त बोतल महानगरमा लगेर परीक्षण गर्ने र किम्चि फास्टफुड सञ्चालकलाई स्पष्टीकरण सोधी आवश्यक कारबाही हुने बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष