एमालेमा पूर्व माओवादी र ‘१० भाइ’ यसरी पेलिए

एमालेभित्रका पूर्व माओवादीहरु यसरी पेलानमा पर्दैछन् कि ती वा निस्क्रिय छन् वा पार्टी छाडेर हिड्न थालेका छन् । यता माधव नेपाललको साथ छाडेर ओलीसँग मिल्न गएकाहरु धमाधम महत्वपूर्ण जिम्मेवारी पाउन थालेका छन् । हालैमात्र मणि थापा सो पार्टीबाट अलग भएका छन् । उनी मणि हराएका ‘मणि’ बनेर पूरानै पार्टीमा स्पेश खोज्दैछन् । यस अघि प्रभु साह एमाले छाडेर स्वतन्त्र बने र निर्वाचित भएर संघीय संसदमै प्रतिनिधित्व गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण लागेर टोपबहादुर रायमाझी जेलमा पुगेका छन् । उपाध्यक्ष रामबहादुर थापा सार्वजनिक कार्यक्रममा देखिन छाडेका छन् । एमालेभिबका अलि सक्रिय देखिने पूर्व माओवादी भनेका लेखराज भट्टमात्रै ।

बिज्ञापन

उता,एकीकृत समाजवादीको तेस्रो वरीयतामा रहेर एमाले फर्किएका मुकुन्द न्यौपानेलाई स्थायी कमिटी सदस्यको जिम्मेवारी पाए । उनै न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन ओलीले एमालेको ७० वर्षे उमेर हद खारेज गरिदिएका थिए । हालैमात्र ओलीले न्यौपानेलाई श्रम तथा रोजगार विभाग प्रमुखको समेत जिम्मेवारी दिएका छन् । न्यौपानेसँगै समाजवादीबाट एमाले प्रवेश गरेका चूडामणि जंगली केन्द्रीय सदस्य बनेका छन् भने उनलाई कास्की निर्वाचन क्षेत्र १ को इन्चार्ज तोकिएको छ । यस्तै सुवाष नेम्बाङ्गको स्थानमा आफू निकटका गुरु बरालको नियुक्ति गर्न भ्याएका छन् ओलीले । यसरी राजदूत नियुक्ति,जिम्मेवारी हेरफेर लगायतका बिषयमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली झनै ‘अराजक’ बन्दै गएको गुनासो पार्टी पक्तिभित्र चल्न थालेको छ ।

बिज्ञापन

मन्त्री खानका लागि कोट सिलाएर ठीक परेका योगेश भट्टराई,कृष्ण गोपाल श्रेष्ठहरुको नाम काटिएको छ । तिनै कृष्ण गोपालहरुले गतिलो जिम्मेवारी नपाउँदा चुनावमा पराजित,जनतामाझ भिज्न नसकेका विष्णु रिमाल,राजन भट्टराईहरुलाई पद माथि पदको खात लगाइएसँगै उनीहरुको असन्तृष्टि चुलिदै गएको सुनिन्छ । एमालेले लिएको एक व्यक्ति एक पदको नीति व्यक्ति हेरेर,व्यक्ति केन्द्रीत देखिएको गुनासो पार्टी पक्तिभित्रै उठ्न थालेको छ । यस्तो नीति ओलीका प्रिय पात्र रघुवीर महासेठ,विष्णु रिमाल,योगेश भट्टराईदेखि राजन भट्टराईहरुको हकमा लागू भएको देखिएन । अहिलेसम्म कुनै भूगोलको चुनाव नलडेका,जनताले नरुचाएका उपमहासचिव विष्णु रिमाललाई पदमाथि पदको खात लगाइदिएका छन् ओलीले । उनी अहिले केपी शर्मा ओलीको मुख्य सल्लाहकार छन्। निर्वाचन विभाग र वित्त तथा कोष व्यवस्थापन विभाग दुई विभागको प्रमुखको जिम्मेवारी उनैलाई सुम्पिएको छ । मधेश इञ्चार्जको जिम्मेवारी मागेका रघुवीर महासेठलाई परराष्ट्र,भूगोलको जिम्मेवारी खोजेका योगेशलाई संसदीय मामिलाको जिम्मेवारी दिइएको छ । यस्तै उपाध्यक्ष सुरेन्द्र पाण्डेले बागमतीको इन्चार्ज मागेका थिए।

ओलीले डा. राजन भट्टराईलाई बागमतीको इन्चार्ज बनाइएसँगै सुरेन्द्रहरुको असन्तृष्टि शुरु भएको छ तर पोऋन सकेका छैनन् । ओलीविरुद्ध विष वमन गर्दा अर्काे भीम रावल हुने चिन्ता छ । ओलीले गत वर्ष सात प्रदेशसहित विभागीय प्रमुखहरू फेरेका थिए। त्यसबेला फरक भूगोल भन्दै सात सचिवलाई सात प्रदेशको इन्चार्ज तोकिएको थियो। जसअनुसार कोशीमा रघुवीर महासेठ, मधेशमा भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मा तोकिएका थिए । यसपटक कतै स्थायी समिति सदस्यले इन्चार्ज पाए भने कतै सचिवहरू नै दोहोरिएका छन् ।

बिज्ञापन

कोशीमा शेरधन राई, मधेशमा लीला श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ र लुम्बिनीमा गोरखबहादुर बोगटी,कर्णाली र सुदूरपश्चिममा सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट इन्चार्ज बनेका छन । अर्यालले केपी शर्मा ओलीकै इच्छा अनुसार गिरिवन्धु टी प्रकरणमा सहयोग गरेका कारण उनी ओलीको प्रिय पात्र बन्न सफल भएकी छिन् । माओवादी छाडेर आएका लेखराजले पनि रोजेकै प्रदेशको इञ्चार्ज पाएका छन् । यस्तै ओलीले मन्त्रीहरूलाई पार्टीको जिम्मेवारीमा विभेद गरेको एमालेभित्र सुनिन्छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई पार्टीको संगठनात्मक कामको अनुगमन संयोजन, पार्टी सम्बद्ध विभागहरूको जिम्मेवारी दिइएको छ भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई मन्त्रीबाहेकको जिम्मेवारी तोकिएको छैन । यस्तै भूगोलकै जिम्मेवारीमा रहन चाहेका गोकर्ण बिष्टलाई भौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुख बनाइएको छ । यसबाहेक ओलीले मधेश इन्चार्ज तोकेका लीला श्रेष्ठ सोही बैठकबाटै स्थायी कमिटी सदस्यमा बढूवा भएका छन् । कृष्णगोपाल श्रेष्ठले पनि ओलीसँग भूगोलको जिम्मेवारी मागेका थिए। उनी प्रत्यक्ष निर्वाचित सांसदसमेत हन । तर उनलाई रोक्दै बागमतीको इन्चार्जमा राजन भट्टराईलाई ल्याइएको छ । जबकी उनी गत निर्वाचनमा पराजित व्यक्ति हुन । मन्त्री बन्ने चर्चा चलाएर अन्तिममा नाम काटिने पनि उनै थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बिशेष