यातायात विभागमा गत साता आगो लाग्यो अहिले फैलियो

यातायात व्यवस्था विभागको दुई कर्मचारीको कोठामा आगो लागेको कुरा अहिले भुसको आगोझै फैलिएको छ । यातायात व्यवस्था विभागको कार्यालयमा गत साता दुई वटा कोठामा आगलागी हुँदा दुई दिनसम्म सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई अवरुद्ध भएको हो । साउनको ७ र ८ गते दुई दिन सर्भर डाउन यही कारण भएको खुलेको छ ।

बिज्ञापन

दुई उपसचिवको कोठामा आगलागी भएको र प्रिन्टिङ कोठामा धुवा छिरेर सफ्टवेयर ह्याक भएको विषयलाई भित्रभित्रै गुपचुप राखिएको छ । लाइसेन्स छपाई अवरुद्ध भएको समाचार बाहिर आएपनि आगलागी भएको विषय बाहिर आउनै पाएन । दुई उपसचिव इश्वरी पनेरु र नरहरी तिवारीको कोठामा आगलागी भएको विषयलाई गुपचुप राखेका छन् । यो विषयलाई बाहिर ल्याउन विभागका महानिर्देशक उद्धव रिजालले पनि चाहेनन् ।

बिज्ञापन

एसीमा आगलागी भएपछि त्यहाँको धुवा सर्भर रहेको कोठामा छिरेको थियो । धुवा छिरेपछि पूरै सर्भर डाउन भएर दुई दिनसम्म चल्न सकेको थिएन । त्यसलाई चलाउनका लागि सिंगापुरमा रहेका कम्प्युटर इन्जिनियर सन्तोष श्रेष्ठको सहयोग लिइएको विभाग स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष