स्थायी कर्मचारी “जोकरफाल्तु,” करारका कर्मचारीको उल्टै हैकम

दरबन्दी लुकाएर देशका मालपोत कार्यालयहरूमा १६८ कम्प्युटर अपरेटर करारमा भर्ना गरेको फेला परेको छ । राष्ट्रिय सतर्कता केन्द्रले यसबारे छानबिन गरेको थियो । करार र ज्यालादारीका कर्मचारी राख्ने कानूनतः प्रतिस्पर्धात्मक र पारदर्शी विधि छ, त्यो हुँदाहुँदै मनपरी आफुखुशी अनुरुप गैरकानूनी रुपमा अनैतिक रुपमा नियुक्ति गरी करार सेवा निर्देशिका २०५९ समेत उल्लंघन गर्दै आएको छ ।

बिज्ञापन

राष्ट्रिय सतर्कता केन्द्रको छानबिन प्रतिवेदनअनुसार हाल देशभर रहेका १३५ मालपोत कार्यालयमा कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटर गरी ३९९ को स्वीकृत र अस्थायी दरबन्दी छ । तर, दरबन्दी पूर्ति गर्नतिर नलागेर ती कार्यालयमा १६८ कर्मचारी करारमा भर्ना गरिएका छन् । कम्प्युटर अपरेटरको मात्रै स्वीकृत दरबन्दी २३१ छ, जसमा ३८ जनालाई करारमा भर्ना गरिएको छ । त्यस्तै, सहायक कम्प्युटर अपरेटरको १६८ अस्थायी दरबन्दी भएकामा १३७ लाई करारमा लगाइएको छ । स्वीकृत दरबन्दी र पद लुकाएर त्यसको ठाउँमा कानुनविपरीत करारमा भर्ना गरेको पाइएको छानबिन समितिको निष्कर्ष छ ।

बिज्ञापन

‘उजुरी सम्बन्धमा छानबिन हुँदा देशैभरिका १३५ भूमिसुधार तथा मालपोत कार्यालयहरूमा स्वीकृत कम्प्युटर अपरेटरतर्फ २३१ मध्ये ३८ र अस्थायी सहायक कम्प्युटर अपरेटरतर्फ १६८ मध्ये १३७ जना अस्थायी÷करारमा कम्प्युटर अपरेटर÷सहायक कम्प्युटर अपरेटरहरू लामो समयदेखि नै कार्यरत रहेको देखिन्छ,’ सतर्कताको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

टुप्पी कसेर पढेर,लोकसेवा भीडेर स्थायी नियुक्ती खाएका कर्मचारीहरु ‘जोकरफाल्तु’हुने,हाकिमका साली,गलफ्रेन्ड,नातेदार भएकै आधारमा करारमा नियुक्त भएका कर्मचारीको उल्टै हैकम चल्ने ।

बिज्ञापन

यस्तै सिंहदरबारदेखि स्थानीय तहसम्म देखिएको विरहलाग्दो दृश्य हो यो । संघकै कार्यालयमा स्थायी नियुक्ति पाएका कर्मचारीहरु प्रदेश र जिल्लातिर पठाएर करारका कर्मचारीको रजगज चलिरहेको छ । करारवालाको पावर कस्तोसम्म छ भने,केही अघि उद्योग विभागमा एक जना हाकिम थिए,उनले त्यहाँ कार्यरत एक जना करार सेवाको महिला कर्मचारीलाई हटाउन खोजे । बदलामा भोलीपल्टै उनको सरुवा त्यहाँबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा गराइयो । ती सहसचिवले हटाउन खोजेका करार सेवाको कर्मचारी कुनै सचिवको गर्लफ्रेण्ड थिइन । ती सचिव अहिले पनि सरकारी सेवामै छन् ।
कतिसम्म भने,गृह मन्त्रालयमा मात्र ७ जना कम्युटर अप्रेटर करार सेवाकै कर्मचारी राखिएको छ । त्यहाँको कर्मचारी प्रशासन फाँटमा हर्ताकर्ता समेत कर्मचारीलाई हर्ताकर्ता बनाएर राखिएको छ । पूर्व कृषि सचिव निकटको एक महिला कर्मचारी कृषिको हर्ताकर्ता कर्मचारीका रुपमा चिनिन्छिन् । त्यहाँ सात जना करार सेवाका कम्युटर अपरेटर कार्यरत छन्,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ जना,शहरीमा ८,शिक्षामा १०,कानुन मन्त्रालयमा २,भौतिकमा २ जना करार सेवाकै कम्युटर अधिकृतको रजगज चलिरहेको छ । अधिकांश मन्त्रालयदेखि स्थानीय तहसम्म करार सेवाकै कर्मचारीहरुको रजगज देखिन्छ । कतिसम्म भने कूल १ लाख ३६ हजार १२२ दरबन्दीमध्ये ८५ हजार ६ सय ५६ स्थायी पदपूर्ति बाँकी करार सेवाका कर्मचारी छन् । अर्थात त्याृे दरबन्दी करारबाटै चलाइएको छ ।

नियम अनुसार, कार्यालय सहयोगी, ड्राइभरलगायतका पदबाहेक करारमा कर्मचारी राख्न बर्जित छ । तर,स्थानीय तहमै ३५ हजार,संघमा १४ हजार, प्रदेशमा ६ हजार र संगठित संस्था, समितिलगायतमा करिब पाँच गरी झण्डै ६० हजार कर्मचारी करार सेवाकै छन् ।

नियम अनुसार बढीमा १ बर्षभन्दा बढी समय करार सेवामा काम लगाउन मिल्दैन तर ३० बर्षसम्म करारमा काम गर्न कर्मचारी सिंहदरबारमै भेटिन्छन् । हाकिम, कार्यालय प्रमुखजस्ता पहुँचवालाका नातागोता आफन्तहरु मनलाग्दी नियुक्ति र मनलाग्दो ढंगले करार नविकरण हुँदै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोडसेडिङको तालिका सार्वजनिक गर्ने हाकिम लखेटिए

रमेश लेखकलाई जोगाएको काँग्रेसले रामहरिलाई के गर्ला ?

प्रदेशका सचिव सरुवासहित यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णय

रास्वपाले माग्यो रामहरी खतिवडाको राजिनामा

यी हुन एकै पटक सरकारद्धारा संशोधन भएका ७६ ऐन

टेलिकमको विलिङ्ग ठेक्का प्रतिबन्धित कम्पनीलाई दिने तयारी

स्थानीय तहमा खटाइएका २० ‘फ्रेस अफिसर्स’ मन्त्रालयमै फिर्ता

स्थानीय तहका १०७ कर्मचारी पाँचौं तहमा बढुवा

बिशेष