कर्मचारी तथा शिक्षकलाई पार्टी सदस्यता लिन रोक

सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन झापाको कमल गाउँपालिकाले रोक लगाएको छ । पालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण गर्न नपाउने निर्णय गरेको हो । पालिकाले यसअघि सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा कुनै पनि राजनीतिक दलको भेला, सभा तथा बैठकलगायतका कार्यक्रम गर्न निषेध गरेको थियो ।

बिज्ञापन

पालिका अध्यक्ष हुकुमसिंह राईले आज सूचना जारी गर्दै शिक्षा ऐन, २०२८ (संशोधनसहित) १६ (ङ) को उपदफा (५) को खण्ड (छ) शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेमा पद मुक्त गरिने र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) अनुसार शिक्षक वा कर्मचारीले कुनै पनि दलको सदस्यता लिन नपाउने प्रावधान रहेको उल्लेख गर्दै पालिकाले अब त्यसलाई कडाइका साथ कार्यान्वयन गरिने उनले सूचित गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोडसेडिङको तालिका सार्वजनिक गर्ने हाकिम लखेटिए

रमेश लेखकलाई जोगाएको काँग्रेसले रामहरिलाई के गर्ला ?

प्रदेशका सचिव सरुवासहित यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णय

रास्वपाले माग्यो रामहरी खतिवडाको राजिनामा

यी हुन एकै पटक सरकारद्धारा संशोधन भएका ७६ ऐन

टेलिकमको विलिङ्ग ठेक्का प्रतिबन्धित कम्पनीलाई दिने तयारी

स्थानीय तहमा खटाइएका २० ‘फ्रेस अफिसर्स’ मन्त्रालयमै फिर्ता

स्थानीय तहका १०७ कर्मचारी पाँचौं तहमा बढुवा

बिशेष