वडाअध्यक्षले कर्मचारी हप्काएपछि उपमहानगरपालिकाको सेवा ठप्प

 

बिज्ञापन

नेपालगञ्ज उपमहानगरपालिका तथा सबै वडाबाट प्रवाह हुने सेवाहरु बुधबार ठप्प भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ५ का वडाध्यक्षको कार्यशैलीप्रति आपत्ति जनाउँदै कर्मचारीहरुले पालिकाको अत्यावश्यक बाहेकका सबै काम ठप्प पारेका हुन । उपमहानगरपालिकाको ५ नम्बर वडा अध्यक्ष सराफत खानले उपमहानगरपालिका कार्यालय दिँउसो १ बजेर १५ मिनेटमा आइपुगेका उनले कार्यालयका विभिन्न शाखामा प्रवेश गरी कर्मचारीलाई हप्कीदप्की,गाली गलौच र अपशव्द प्रयोग गरेका प्रति कर्मचारीहरुले आपत्ति जनाएका हुन् ।

बिज्ञापन

उनी आक्रोशित भएर बोल्दै गरेको भिडियोमा घुस बिना काम नगर्नेहरुलाई ठिक गर्ने बताएका छन् । वडा अध्यक्षको कार्यशैलीले कर्मचारीहरुको मनोबल खस्किनुका साथैं इज्जत मान,प्रतिष्ठामा गम्भीर आघात पुगेको कर्मचारीहरुले जनाएका छन् । उनीहरुले दोषी उपर कानुन अनुसार कडाभन्दा कडा कारवाही नबढ्दासम्म उपमहानगरका कर्मचारीहरुले काम ठप्प पारेका हुन । सामुहिक रुपमा कर्मचारीहरुद्धारा निकालिएको विज्ञप्तिमा अत्यावह्यक बाहेक सबै सेवा ठप्प हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

१४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

बिशेष