अफगानिस्तान, श्रीलंका पछि बंगलादेशका शासक भागे देशै छाडेर

शान्त तर बलियो मानिने शेख हसिना बंगलादेशका संस्थापक राष्ट्रपतिकी छोरी हुन् । विद्यार्थी आन्दोलन चरमउत्कर्षमा पुगेपछि उनी देशै छाडेर भाग्नु परेको छ । बंगलादेशको सर्वोेच्च अदालतले विवादित आरक्षण व्यवस्थालाई समाप्त गर्दै विद्यार्थीहरूको मुख्य माग पूरा गरे पनि असन्तुष्टि भने समाप्त भएन । यी प्रदर्शनहरूमा १०० भन्दा धेरै विद्यार्थी मारिए । तर गत हप्ता सरकारविरुद्ध भएको जनआन्दोलन हिंसात्मक हुँदा ठूलो संख्यामा मानिसहरू मारिए । सयौंको हताहतीपछि देश छाडेर भागेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद सेनाको हेलिकोप्टरमा दिउँसो कोलकाता पुगेकी छन् । त्यहाँ पनि सुरक्षित नदेखिएपछि उनी राजधानी नयाँ दिल्लीतर्फ जान लागेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

बिज्ञापन

हसिना दिउँसो साढे २ बजे ढाकास्थित प्रधानमन्त्री निवासबाटै सेनाको हेलिकोप्टरमा भारतको पश्चिम बंगालस्थित कोलकाता गएकी थिइन् । देश छाड्नुअघि उनले राष्ट्रको नाममा सम्बोधन गर्न खोजेकी थिइन् । तर, त्यो सम्भव नभएपछि बहिनीसँगै मुलुक छाड्ने निर्णय गरेकी हुन् ।

बिज्ञापन

यसबीच बंगलादेशमा सेना प्रमुखले राष्ट्रका नाममा सम्बोधन गरेर अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । सरकारको नेतृत्व सेनाले गर्ने उनले स्पष्टसँग बताएका छन् ।

भारतले बंगलादेशसँगको आफ्नो रेल सेवा स्थगित गरेको छ । ढाकामा हसिना सरकार ढलेकोमा विपक्षी दललगायतले खुशी मनाएका छन् । पछिल्लो तीन बर्षमा अफगानिस्तान, श्रीलंका हुँदै बंगलादेशका सरकार प्रमुखले देश छाडेर भाग्नुपर्ने स्थिति आएको छ। श्रीलँकाका रास्ट्रपति गोटाबाया राजापाक्क्षे,अफगानिस्तानका हमिद कार्जाइ र बङ्गलादेशकी शेख हसिना वाजेद निकट उदाहरण हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

न्यायाधीश र सैनिक अधिकारीबाहेकको सम्पत्ति छानबिन नरोकिने

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे

लाइक र फलोअरको पछि कुद्न राष्ट्रसेवकलाई लगाम

सवारी खरिदमा सचिवलाई ६० लाखसम्म सहुलियतपूर्ण ऋृण र व्याज अनुदान,अन्य कर्मचारीलाई कति ?

२ मन्त्री,एक सचिवसहित १६ कसुरदारलाई सजाय सुनाइँदै

कर्मचारीलाई आचारसंहिता : अब रक्सी र चुरोट सेवन गर्न बन्देज

अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै

बिशेष