विद्युत् प्राधिकरण सञ्चालकमा कार्की र गुरुङ नियुक्त

सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

बिज्ञापन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै रिक्त सञ्चालक समितिमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।

बिज्ञापन

सञ्चालकमा नियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक एवम् पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ हुन् । कार्की र गुरुङ ऊर्जा क्षेत्रमा अनुभवी मानिन्छन् ।

यसअघि लाइन जोड्ने विषयमा असहमति जनाएका भक्तबहादुर पुन र कपिल आचार्यलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको सरकारले दुई नयाँ सञ्चालक नियुक्त गरेको हो ।

बिज्ञापन

स्पष्टीकरणमा चित्त नबुझेको भन्दै उनीहरूलाई पदमुक्त गरी नयाँ सञ्चालक नियुक्त गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन नमानेको र सरकारलाई असहयोग गरेको भन्दै गत साता पुन र आचार्यलाई स्पष्टीकरण सोधिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महानिर्देशक खोज्दै नेपाल नागरिक उड्डयन प्राधिकरण

निजामतीको परिभाषा भित्र परेनन स्थानीय र प्रदेशका कर्मचारी

निजामतीमा ११ सेवाको प्रस्ताव, ५ सेवाबाट सचिव हुन नपाइने

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

अब कर्मचारी दलीय गतिविधिमा आवद्ध भए सिधै बर्खास्त,भविष्यमा सरकारी सेवाका लागि अयोग्य

ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डे पक्राउ

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

यस्तो छ संघीय निजामती सेवा विद्येयकको मस्यौदा,के के छ नयाँ व्यवस्था ?

बिशेष