स्वास्थ्य बीमा बोर्डमा शाखा अधिकृत रिजालको दादागिरी

स्वास्थ्य बीमा बोर्डमा कार्यरत शाखा अधिकृत शोभित रिजालको दादागिरी बढेको भन्दै कर्मचारीहरु आन्दोलन गरिरहेका छन् । शाखा अधिकृत रिजालले कार्यालयमा कार्यरत कर्मचारीहरुलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्ष भित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने सार्वजनिक स्थलमा समेत करारमा कार्यरत कर्मचारीहरुलाई जागिर खाइदिन्छु भन्दै कर्मचारीहरुलाई मानसिक तनाव दिएको भन्दै उनीहरु आन्दोलन गरेका हुन् । स्वास्थ्य बीमा बोर्डमा काजमा कार्यरत शाखा अधिकृत रिजाललाई हटाउन गरेको माग पूरा नभएपछि बोर्डका कर्मचारीले ‘पेन डाउन’ समेत गरेका छन्।

बिज्ञापन

उनीहरुले अधिकृत रिजाललाई जिम्मेवारीबाट हटाई काज फिर्ता नगरेसम्म पेन डाउन गर्ने चेतावनी दिएका छन् । यसअघि रिजाललाई हटाउन कर्मचारीहरुले गत ३ साउनमा १५ दिनको अल्टिमेटम समेत दिएका थिए । उनीहरुले १५ दिनभित्र रिजाललाई हटाउन माग गर्दै साउन ३ गते कार्यकारी निर्देशकलाई पत्र बुझाएका थिए। सो समयावधिमा माग सुनुवाई नभएको भन्दै कर्मचारीहरुले शुक्रबारदेखि ‘पेन डाउन’ गरेका छन्।

बिज्ञापन

यता शाखा अधिकृत रिजालले भने आफूले स्वास्थ्य बीमा बोर्डमा रहेको वेथितिबिरुद्ध आवाज उठाउँदा अनर्गल आरोप लगाएको दावी गरेका छन् ।‘अरु धेरै कुरा नगरौँ बीमा बोर्डको आइटीले सिस्टममा गर्नु पर्ने काम गरेन, ड्यासबोर्ड चल्दैन । दुई जना कर्मचारीको हातमा डाटा सिस्टम राखिएको छ, तर त्यो सुरक्षित छैन । पारदर्शी छैन । मन लागे एड् गर्ने मन नलागे डिलिट गर्ने सम्मको कार्य भएको छ । यसरी हुँदैन भनेर मैले आवाज उठाएको हुँ । विकृति ओकल्छ भन्ने डरले म विरुद्ध एकजुट भएका होलान,’ रिजालले भने ।

एक प्रश्नमा उनले आफू कसैको तारो भएर बस्ने इच्छा नभएको भन्दे सरुवाका लागि निवेदन दिएको समेत बताए । ‘सहकर्मीहरु नै मबिरुद्ध लागेपछि म त्यहाँ जबरजस्ती बस्ने कुरा भएन । सरुवाका लागि निवेदन दिएको छु । त्यतिन्जेल सम्मका लागि विदामै बसेको छु । तर त्यहाँ भित्रको विसंगतीहरु भने त्यहाँ नभए पनि बाहिर ल्याउने छु,’ उनले भने ।बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला भने आफू उपत्यका बाहिर रहेकोले पछिल्लो अपडेट नभएको बताए ।

बिज्ञापन

२ वर्ष पहिला हालकै कार्यकारी निर्देशक डा दामोदर बसौलाले रिजाललाई बोर्डको जिम्मेवारीबाट हटाएका थिए। हटाएको ११ महिनापछि रिजाल २०७९ चैत १६ गते पुनः बोर्डमै काजमा आएका थिए।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष