भोजन

आफैं आफैं रमाएर
आफ्नै
अर्को हात समाएर!
तलमाथि गर तिमी
अरूको भर
नपर तिमी!

बिज्ञापन

आफ्नो साथी
आफैं हुन सिक
हातहरू दुईटा आफ्ना
आफैंले समाऊ !

बिज्ञापन

यस्तै भिडमा तिमी छौ
हास्छौ वा के कति रुन्छौ?

धेरै रमिता नि राम्रो हुन्न!
रमितेहरू फेरि
आफ्नो हुन्न!

बिज्ञापन

बाहिरी खुशी क्षणिक हुन्छ!
भित्री खुशीले आनन्द दिन्छ!

सत्य स्विकारे सहज हुन्छ!
एक्लै आउने
एक्लै जाने
बाटो सदा सफा देखिन्छ!

खटनपटन माथिकै छ!
नित्य सत्कर्म मात्रै
गरेदेखि हाम्रो छ!

को राम्रो को नराम्रो
भन्न र मान्छे गन्न छोडिदेऊ!

सत्सङ्ग र सत्कर्ममा लाग्दै
परनिर्भरता घटाउँदै
यथार्थतालाई स्विकार्दै
आफ्नै दुईहात समाऊ!
आफैंभित्र आफू रमाऊ!

तिम्रो नियन्त्रणमा
यो संसारमा
धेरै त्यस्तो केही छैन!
र,
त्यस्तो भएपनि गर्नु हुँदैन
किनकि तिम्रो सुबिधाको खोजिमा
अरूको सुबिधा उपरको दमन राम्रो हुँदैन!

संधै बाच्ने यहाँ
कोही हैन!
अत्यन्त धेरै बाँचे पनि कष्ट छ !
न्यून जिए त झन् रोदन छ!

यहाँ,
हर मानिसको यस्तै भोजन छ!
यहाँ,
हर मानिसको यस्तै भोजन छ!

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष