आफ्नै स्टाफ ताक्ने हाकिमको जागिर गयो

कडा अनुशासनको घेराभित्र रहने भनिएको नेपाली सेनामै यौन विचलनको घटना पटक पटक सार्वजनिक हुन थालेका छन् । यस्तै यौन विचलनमा पर्दा सेनाका एक जना हाकिमले जागिर गुमाएका छन । तीन बर्ष अगाडि नेपाली सेनाका एक जना सहायक रथी संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेपछि बर्खास्तीमा परेकै शैलीमा यस पटक अर्काे हाकिमको जागिर गएको छ ।

बिज्ञापन

संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले बर्खास्त गरेको थियो । यसरी यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत थिए । सोही र उस्तै प्रकृतिको घटना फेरि पनि दोहोरियो नेपाली सेनामा । घरमा श्रीमती हुँदाहुँदै आफ्नै सहकर्मी ताक्ने प्रमुख सेनानी विशेष पौडेलले जागिर गुमाएको नेपाली सैनिक मुख्यालय स्रोतले पुष्टि गरेको छ ।

बिज्ञापन

दुई महिना हिरासतमा बसेका उनलाई गत शुक्रबार सैनिक आचरणविपरीतको कसूरमा दोषी ठहर गर्दै अदालतले सेवाबाट हटाउने फैसला सुनाएको स्रोतले बतायो । काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित होटलमा बोलाएको भन्दै महिला बन्दोबस्ती कार्य सिपाहीले केही महिनाअगाडि उजुरी दिएकी थिइन् । त्यसलगत्तै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो । कारबाहीस्वरुप जागिरबाट निकालिएको छ । उहाँले पेन्सन पनि पाउनुहुन्न । दुई महिना थुनामा राखेर गरिएको अनुसन्धानपछि सैनिक अदालत यो नतिजामा पुगेको हो ।’

अनुसन्धानका क्रममा उनको कसूर पुष्टि भएपछि अदालतले सेवाबाट हटाएको हो । भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिनेगरी सेवाबाट हटाइएको सैनिक मुख्यालय स्रोतको भनाइ छ । पौडेलले पेन्सनबाट  समेत बञ्चित भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष