प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध चयन भएकी छन् । कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा निर्विरोध सभापति चयन भएकी हुन् ।
बिज्ञापन
समितिका ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले थापा सभापतिमा निर्विरोध चयन भएको घोषणा गरेका हुन् ।
बिज्ञापन
मंगलबार समितिको सभापति निर्वाचनको कार्यतालिका थियो । यसअघिका समिति सभापति डा आरजु राणा परराष्ट्रमन्त्री नियुक्त भएपछि कृषि समिति सभापति पद रिक्त रहेको थियो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























