एमालेका कर्मचारीहरुले सर्वाेच्चभित्रै लोकसेवा तयारी कक्षा चलाएपछि

कहिँ नभएको जात्रा रामशाह पथमा । लोकसेवा तयारी कक्षा चलाउनका लागि इस्ट्रिच्यूडहरु छन् । तर सर्वाेच्च अदालत परिसरभित्रै लोकसेवा तयारी कक्षा चलाइएसँगै अहिले तिव्र विरोध शुरु भएको छ । यस्तो कक्षा शुरु गरेको हो,एमाले निकट निजामती कर्मचारी संगठन,सर्वाेच्च अदालतले ।

बिज्ञापन

संगठनले न्यायालयको सर्वोच्च थलोमा मोटो रकम असुलेर कोचिङ कक्षा शुरु गरिएपछि चर्को विरोध भएको छ । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले आजदेखि सञ्चालन गरेको लोकसेवाको तयारी कक्षालाई लिएर विवाद निम्तिएको छ ।

बिज्ञापन

सर्वोच्चको एनेक्स भवनको सभाहलमा बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म न्याय सेवाको लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो । सर्वोच्च प्रशासनले लाखौं रुपैयाँ खर्चिएर हालै मर्मत गरेको भवन कुनै संगठनको पैसा कमाउने ठाउँ बनेको जनाउँदै विरोध गरिएको छ ।

संगठनले ५० जनाको सिट संख्या नै निर्धारण गरेर कक्षामा सहभागी हुन साढे १३ हजार रुपैयाँ शुल्क तोकेको छ । शुल्क धेरै भएको अधिकांशको भनाइ छ । तयारी कक्षाको नाममा संगठनले ‘ठगी’ गरेको आरोप लगाइएको छ । संगठनले केही दिनअघि मात्रै लोकसेवा तयारी कक्षामा सहभागी हुन चाहनेलाई भर्ना हुन सूचित गरेको थियो ।

बिज्ञापन

सूचनामा लोकसेवा आयोगबाट लिइने नेपाल न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) उपसचिव पदको प्रथम र द्वितीय दुवै पत्रको तयारी कक्षा सञ्चालन हुने र सहभागिताका लागि भर्ना शुल्कवापत साढे १३ हजार रुपैयाँ तिर्नुपर्ने उल्लेख छ ।

कोचिङको नाममा न्यायालयजस्तो गरिमामय ठाउँमा ठगीधन्दा शुरु गरेको भन्दै अहिले व्यापक आलोचना भएको छ । सर्वोच्च अदालतकै कर्मचारीहरुले समेत उक्त कार्यप्रति विरोध जनाएका छन् । अधिवक्ता हरि भट्टराईले व्यापारिक प्रयोजनका लागि अदालतभित्रै यस्ता कार्य लज्जास्पद रहेको भन्दै तत्काल रोक्न माग गरेका छन् ।

‘न्यायालयभित्र यस्ता गैरकानूनी र अवैधानिक गतिविधि अविलम्ब रोक्न न्यायिक नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वोच्च अदालत प्रशासन सेवाग्राहीमुखी भई सुशासन र थितिका लागि चल्नुपर्नेमा अमुक कर्मचारी संगठनसँग मिलेर व्यापारिक प्रयोजनका लागि सर्वोच्च अदालतभित्र लोकसेवाको तयारी कक्षा सञ्चालन गर्नु लज्जास्पद कुरा हो ।’

त्यस्तै, अर्का एक जनाले भनेका छन्, ‘सर्वोच्चमा लोकसेवाको तयारी कक्षा सञ्चालन गर्नु लाजमर्दो छ ।’ एमालेनिकट कर्मचारीहरुले तयारी कक्षाको नाममा लुट मच्चाएको अदालतका कर्मचारीहरुको आरोप छ । सर्वोच्चकी एक कर्मचारीले भनिन्, ‘अदालतभित्रै कक्षा सञ्चालन गर्ने अनि साढे १३ हजार रुपैयाँ शुल्क तोक्ने ! यो सोझै लुट भएन र ?’

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारको निर्णयविरुद्ध अदालत गएका दुई डिएफओ निर्देशनालय तानिए

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, एसपी भट्ट पनि सोधपुछमा

नासु र खरिदारको सरुवा स्थगित,बढुवामा ‘तरमारा’ वर्गलाई राक्ने प्रयास

जब प्रधानमन्त्रीले सुदन गुरुङलाई ‘मेरो जेठो छोरो’ भनिन्

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

बिशेष