तपाईंहरुको इच्छा पूरा भएन, के फोटो खिच्नु हुन्छ ?

विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटीमा छाडेको छ ।

बिज्ञापन

अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बयानपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी आईतबार नै रिहा भएका छन् ।

बिज्ञापन

अदालत बाहिर निस्किने क्रममा उनले पत्रकारलाई व्यङ्ग्य प्रहार गरेका छन्।‘तपाईंहरुको इच्छा पूरा भएन, के फोटो खिच्नु हुन्छ ?’, उनले भने ।अर्यालले अदालतले उनलाई थुनामा पठाउन सक्ने कुरा टरेको विषयलाई इंगित गर्न खोज्दै यस्तो कटाक्ष गरेका हुन् ।

अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट नीजि क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको छ ।

बिज्ञापन

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

मुख्यसचिव हुँदा नै अर्यालमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो । मुद्दा पर्नेमा उनीसँगै तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल, गणेशविक्रम साह, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, केशव शर्मालगायत छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष