फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, उत्र्तीणांक ४५

लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो ।

बिज्ञापन

लोकसेवा आयोगले आर्थिक २०८१/ ८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षमा सहभागी हुन ४५ अंक ल्याउनैपर्ने व्यवस्था गरेको हो ।

बिज्ञापन

पहिलो चरणको परीक्षामा एक सय अंकको वस्तुगत प्रश्न सोधिन्छ । उक्त परीक्षामा अब न्यूनतम ४५ अंक नल्याएमा दोस्रो चरणको परीक्षामा सहभागी हुन पाइने छैन । आयोगले प्रथमपत्रमा प्राप्त भएको कुल प्राप्ताङ्कको ५० प्रतिशत अंक दोस्रो पत्रमा जोडिने व्यवस्था पनि हटाएको छ । आयोगका अनुसार स्क्रिनिङ टेस्टको नतिजाको ५० प्रतिशत अंक मूल परीक्षामा जोड्ने व्यवस्था थियो, अब नजोड्ने व्यवस्था गरेको छ ।

दोस्रो चरणको मूल परीक्षा र अन्तिम चरणको परीक्षाको कुल अंक योगका आधारमा अन्तिम परीक्षाफल प्रकाशित गरिने आयोगले जनाएको छ । गत असोज २० गते स्वीकृत सो पाठ्यक्रम आर्थिक वर्ष २०८१ /०८२ को विज्ञापनदेखि लागू हुने आयोगको भनाइ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष