नीति योजनाका हाकिम कप्रतिर सिफ्ट

गृह मन्त्रालयले नीति, योजना,योजना अनुगमन तथा मूल्यांकन महाशाखाका हाकिमलाई कर्मचारी प्रशासन महाशाखामा सारेको छ । यस अघि कप्र हेर्दै आएका केदारनाथ शर्मा मुद्ययमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशको निमित्त सचिवको जिम्मेवारी सम्हाल्न गएसँगै रिक्त रहेको गृहको कप्रमा गौतमलाई लगिएको हो ।

बिज्ञापन

गृहको कप्र नै प्रमुख विहिन हुँदा गृहका कर्मचारी सरुवाका काम समेत अलपत्र पर्दै आएको थियो । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीका रुपमा जिल्लाका कमाण्ड गरिसकेका गौतम गृहमा रहँदा बरहथवा घटनाको छानबिन समितिका संयोजक,त्रिभुवन विमानस्थलमा प्रहरी र कर्मचारी कुटपिट प्रकरणको छानिबन समितिको संयोजक भएर काम गरेका थिए । यता गृहले प्रहरी समायोजनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको नेतृत्वमा सहजीकरण समिति बनाएको थियो । तर, प्रशासन महाशाखा नै सह–सचिवविहीन हुँदा काम अघि बढ्न सकेको थिएन ।
अब यो कामले गति लिने विश्वास लिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

बिशेष