उपसचिवको परीक्षामा एकै पटक ६ ठाउँमा नाम निकाल्न सफल शेखर रोकाया

सरकारी जागिर खान धेरै मुस्किल छ । जो कोहि छिर्न सक्दैनन् । यसको फलामे ढोका मानिने लोकसेवा पार गर्ने कठिन संघर्ष गर्नुपर्दछ ।
तर,लगन,मेहनतपूर्वक तयारी गरिएको खण्डमा लोकसेवा सजिलै छिचोल्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन्,शेखर रोकायाले । सुदूरपश्चिमको बझाङ स्थायी घर भएका शेखर रोकायाले उपसचिवमा ६ ठाउँमा नाम निकालेका छन् ।

बिज्ञापन

२०६९ सालदेखि सरकारी सेवामा प्रवेश गरेका रोकायाले लोक सेवा आयोगले हालै लिएको उपसचिव पदका लागि लिएको परीक्षामा एकै पटक ६ ठाउँमा नाम निकालेका हुन् । उनले नेपाल प्रशासन सेवाको उपसचिव पदको खुला प्रतियोगितातर्फ सामान्य प्रशासन, लेखा र राजस्व समूह तथा आन्तरिक प्रतियोगितातर्फ पनि सामान्य प्रशासन, लेखा, राजस्व समूह गरी ६ ठाउँमा एकै पटक नाम निकालेका हुन् । विभिन्न ६ ठाउँमा नाम निकाले पनि राकायाले सामान्य प्रशासन समूहबाट नियुक्ति लिइसकेका छन् ।

बिज्ञापन

बझाङको खप्तडछान्ना गाउँपालिका–७ को गडरायका ३४ वर्षीय शेखर रोकाया बझाङको खप्तडछान्ना गाउँपालिका–७ गडरायका हुन् । सरकारी सेवाको १२ वर्षे अवधिमा देशका विभिन्न स्थानबाट सेवा दिइरहेका रोकाया अहिले उपसचिवको नियुक्ति लिइसकेका छन् असार १७ गते ।

बुबा गंगालाल रोकाया, आमा तिपुरी रोकायाको कोखबाट जन्मिएका रोकायाका बुवा स्थानीय महेश्वरी माध्यमिक विद्यालयका शिक्षक । हुने विरुवाको चिल्लो पात भनेझैं पढाईमा अब्बल थिए उनी । एसएलसी पास गरेपछि उनी उच्च शिक्षा अध्ययनका लागि धनगढी झरे । धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा १२ कक्षा पास गरे । त्यहाँबाट पाइलो मोडियो काठमाडौंतर्फ । काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट भूगर्भशास्त्रको अध्ययन सुरु गरे । त्यही समयमा ०६९ सालतिर खरिदारको परीक्षा दिए नाम निस्कियो । यसरी सरकारी सेवामा पाइला राखेको १२ बर्ष पछि उनी उपसचिवमा नाम निकाल्न सफल भएका हुन । उनको पलिहो पोष्टिङ लेखा समूहअन्तर्गत सहायक लेखापाल पदमा जिल्ला अदालत बैतडीबाट सुरु भयो । अदालतमा काम गरिरहेका उनले त्यसै वर्ष न्याय सेवा समूहमा दरखास्त भरे । खरिदार पदमा जागिर सुरु गरेको १० महिना नपुग्दै २०७० मंसिरमा न्याय सेवाअन्तर्गत नायब सुब्बा पदमा उक्लिए । बैतडी छोडेर सरकारी वकिलको कार्यालय सल्यान पुगे ।

बिज्ञापन

नासुमा उक्लिएको ४ बर्ष पछि नै २०७४ मंसिरमा उनले शाखा अधिकृतको परीक्षा पनि उत्तीर्ण गरे । शाखा अधिकृतको रुपमा प्रदेशसभा सचिवालय, धनगढीमा एक वर्ष, जिल्ला समन्वय समिति बझाङमा रहेर काम गरे । विभिन्न सरकारी निकायमा काम गरिरहँदा अघिल्लो आर्थिक बर्ष लोकसेवा आयोगले लिएको उपसचिव तहको सामान्य प्रशसन,लेखा,राजश्व तिनवटै परीक्षामा भिडेर । जस्मा उपसचिव पदका लागि लिएको परीक्षामा एकै पटक ६ ठाउँमा उनले नाम निकाले । सामान्य प्रशासन, लेखा र राजस्व समूहमा खुला र आन्तरिक प्रतिष्प्रर्धा दुबैतिर नाम निकालेका उनले प्रशासनतर्फ नियुक्ति पत्र बुझेर अभिमुखीकरण तालिम समेत लिइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ, मोबाइल र कागजात पनि बरामद

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

बिशेष