लोकसेवामा ५५ पटकसम्म असफल भएका मनिषको कहालीलाग्दो कहानी

मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो इतिहास । मान्छेले सबै चिज भुल्न सक्छ तर कदापी पनि भुल्न सक्दैन आफ्नो विगत । सरकारी सेवामा प्रवेश गर्ने हर कोहीको रहर हुन्छ तर सबै रहर कहाँ पूरा हुन्छन् र ?
अक्सर हामी जीवनमा एक दुईवटा असफलता हात लागेपछि मोड्छौ जीवनको बाटो तर सम्भवनाको एउटा द्धार भए पनि खुल्ला हुन्छन,अरु तीन द्धार । हो त्यही सकरात्मक चिन्तन,इमान र निरन्तर लगावले ५५ पटक लोकसेवाका परीक्षामा असफलता बेहोरेका मनिष जोशी ५६ पटकको प्रयास पछि सरकारी सिन्दुर लगाउन सफल भएका छन् ।
जोशीले १० वर्षे लोकसेवाको युद्धलाई जितेर आफू निजामती सेवामा प्रवेश गर्न सफल भएको बताएका छन् ।

बिज्ञापन

अभाव, बाधा र कैयन रहरहरुको आँशु पिएर उनी सरकारी कर्मचारी बन्न सफल भएका हुन । जोशी भन्छन्, सपना त्यस्तो थियो निजामती बाहेक अरुको झल्को पनि आउन्थ्यो । संघीय लोकसेवा आयोगका विभिन्न ३२ वटा परीक्षामा असफलता झेले,प्रदेश लोकसेवा आयोगमा ८ पटक अनुत्र्तीण भए । प्राधिकरण, बैंक तथा संस्थानमा १५ पटक असफल भए । यीमध्ये केहीमा वैकल्पिकमा नाम निस्कियो । कुनै परीक्षामा पहिलो पत्रमै असफल भए ।
भन्छन नि जीवनमा सबै चिज खानु तर नखानु हरेश । हो त्यही आशा स्वरुप उनी प्रयास गरिरहे र ५६ औं पटकको प्रयासमा प्रशासन समूह,लेखा समूहमा राप अन प्रथम श्रेणीमा नाम निकाल्न सफल भएका छन् ।
हिजो उनको यो असफलतालाई देखेर जीवनमा केही गर्न सक्दैन भन्ने र दुखद क्षणमा नुनचुक छर्नेहरुलाई सबैभन्दा ठूलो गुरु मानेका छन् उनले । तिनकै प्ररेणाले उनलाई अझ मेहनत गर्न अठोट जगाएको उनी बताउँछन्।

बिज्ञापन

१० बर्षसम्म लोकसेवामा मात्र घोटिएको देख्दा उनको आमाले छोरा लोकसेवाको परिक्षा मात्र कति दिन्छ्स आइज बरु अरुनै केहि गर्नुपर्दछ भन्नुहुन्थ्यो । अनि सम्झिन्थिए यो प्रवेशपत्रहरुको ठेली मात्र छ मेरो सम्पत्तिको नाममा मसँग बरु अझै यहि ठेली केही बाक्लो पार्छु अनि मेहनत दोब्बर पारेर सफलता प्राप्त गर्दछु ।
नभन्दै ०७८ ७९मा जलेश्वरबाट नासु प्रशासन र लेखाको लिखितमा उत्तीर्ण भइ सिफारिस समेत भइसकेका छन् ।
भन्छन निरन्तरको नदीको बहावले ठूल्ठूला चट्टान त पगाल्न सकिन्छ । उसै गरी निरन्तर प्रयास गरेको खण्डमा नहुने र नमिल्ने केही छैन । मनमा सकरात्मक उर्जा लिएर लगतार प्रयास गरिरहें । ५५ पटकसम्मका प्रयासमा असफल भएका मनिषले ५६ औं पटकको प्रयासमा संघतर्फको नायब सुब्बा (लेखा)तर्फ नाम निकाल्न सफल भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दरबन्दी कटौतीमा परेका सब -इन्जिनियर आन्दोलित

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

बिशेष