खेताला बनेर परीक्षा दिने ६ जना फन्दामा

खेताला उम्मेदवार अगाडि सार्नेदेखि चिट चोर्नेसम्म ! त्यसमा पनि सबैभन्दा बढी सुरक्षा संगठनतर्फ । यस्तै देखियो, लोकसेवाको परीक्षामा ।

बिज्ञापन

सेवामा प्रवेश गरेपछि बढूवा खोज्नु,बृत्ति विकासको बाटो रोज्नु सामान्य बिषय हो । लोकसेवाको परीक्षा भीडेर उत्र्तीण हुनु र बढूवा हुनुलाई सामान्य प्रक्रिया मानिएला तर सेवामा भित्रनका लागि कीर्ते कर्म गर्नेदेखि खेताला लगाउनसम्म पछि पर्दैनन्,केही उमेद्धारहरु ।

बिज्ञापन

प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा यस्तै ६ जना खेताला परीक्षार्थी पक्राउ परेका छन् । परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।

रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालीकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन् । यस्तै पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द पक्राउ परेको हुन ।

बिज्ञापन

दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको जनाइएको छ ।

लोकसेवा आयोगले ०७३/ ७४ देखि सुरक्षा निकायका निम्ति विज्ञापन गर्दै आएको छ । जसमा पछिल्लो पटक मात्र ७० भन्दा बढी परीक्षार्थी अनियमिततामा मुछिएका छन् ।

आयोगका अनुसार खेताला लगाएर परीक्षा दिनेमा प्रहरीतर्फ १९ र सेनातर्फ १ जना भेटिए । प्रहरीतर्फको परीक्षामा चिट चोर्ने ५, राष्ट्रिय अनुसन्धान विभागका १ र सशस्त्र प्रहरीतर्फ ९ जना थिए । यस्तै इलेक्ट्रोनिक डिभाइस (साइन्टिफिक क्याल्कुलेटर, स्मार्ट वाच, मोबाइल आदि) प्रयोग गरेको अभियोगमा नेपाल प्रहरीतर्फ ५, सशस्त्र प्रहरीतर्फ १, उत्तरपुस्तिका आफैंसँग लिएर जाने ९ जना परीक्षार्थी फेला परे । नेपाल प्रहरीको परीक्षामा २७ पुरुष र ३ महिला गरी जम्मा ३० जनाले अनियमितता गरेको पाइयो ।

यसमध्ये ३ जनालाई पाँच वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरिएको छ । ४ जनालाई ३ वर्षसम्म, २ जनालाई २ वर्षसम्म र १९ जनालाई १ वर्षसम्म परीक्षा दिन नपाउने गरी रोक लगाइएको छ । २ जनाको भने परीक्षा नै रद्द गरिएको लोकसेवा आयोगले जनाएको छ । सशस्त्र प्रहरी बलतर्फ चिट चोर्ने ९ जना र इलेक्ट्रोनिक डिभाइस प्रयोग गर्ने १ जना गरी १० जना कारबाहीमा परेका छन् ।

नेपाल बैंकतर्फ ३, विद्युत् प्राधिकरणतर्फ १, वाणिज्य बैंकतर्फ ३ परीक्षार्थीले अनियमितता गर्दा नेपाल प्रहरीतर्फ ३२, सशस्त्र प्रहरीतर्फ १०, नेपाली सेनातर्फ १ र राष्ट्रिय अनुुसन्धान विभागतर्फ २ परीक्षार्थीले कारवाही भोगेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।