लोकसेवाले कुन पदको विज्ञापन कहिले खोल्छ ?

लोक सेवा आयोगले विभिन्न सेवाका निजामती कर्मचारीको पदपूर्तिका लागि बार्षिक कार्यतालिका बनाएका छ । तालिका अनुसार नै विभिन्न पदहरुको विज्ञापन खोल्दै आएको आयोगले जनाएको छ ।आयोगले बर्षाैदेखि एउटै कार्यतालिका अनुसार सिट संख्या प्रतिशत निर्धारण, विज्ञापन तथा सूचना प्रकाशन,परीक्षा सञ्चालन, नतिजा प्रकाशन,उम्मेदवारको अन्तर्वार्ता र सिफारिसको काम गर्दै आएको छ ।

बिज्ञापन

जसअनुसार,राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) यस पदको खुला र बढुवाको सिट संख्या प्रतिशत पुस र माघमा निर्धारण गरिन्छ । माघको अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशन हुन्छ । खुलाको परीक्षा वैशाखमा हुनेछ । लिखित परीक्षाको नतिजा जेठमा प्रकाशित हुन्छ । उम्मेदवारको अन्तर्वार्ता र सिफारिस साउन-भदौमा सार्वजनिक गरिन्छ ।

बिज्ञापन

राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा सहायक प्रथमः खुला प्रथम चरण, खुल द्वितीय चरण र बढुवाको सिट संख्या र प्रतिशत मंसिर र पुस महिनामा निर्धारण हुन्छ । विज्ञापन तथा सूचना प्रकाशन मंसिर र पुसभित्र गरिन्छ । विज्ञापन तथा सूचना प्रकाशन पुसको अन्तिम बुधबार हुन्छ । प्रथम चरणको लिखित परीक्षाको परीक्षा फागुनमा सञ्चालन गरेर नतिजा चैतमा प्रकाशित हुन्छ । खुला द्वितीय चरणको परीक्षा वैशाखमा हुन्छ र लिखित परीक्षाको नतिजा प्रकाशन साउन र भदौमा हुन्छ । अन्तर्वार्ता र सिफारिस भदौ र असोजमा गरिन्छ ।

राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) तथा सहायक द्वितीयः खुला प्रथम चरण, खुला द्वितीय र बढुवाको सिट संख्या तथा प्रतिशत निर्धारण माघ र फागुन महिनामा गरिसक्नुपर्नेछ । फागुनको अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशित गरिनेछ भने आन्तरिक प्रतिस्पर्धाको परीक्षा जेठ र असरमा हुनेछ । आन्तरिकको लिखित परीक्षाको नतिजा भदौ असोजमा प्रकाशित गरिनेछ । अन्तर्वार्ता र सिफारिस असोज कात्तिकमा हुनेछ । खुलातर्फको प्रथम चरणको लिखित परीक्षा वैशाखमा र यसको नतिजा प्रकाशन असारमा हुनेछ । खुलातर्फको प्रथमबाट उत्तीर्ण भएकाहरूको द्वितीय चरणको परीक्षा जेठरअसारमा हुनेछ भने यसको नतिजा भदौरअसोजमा सार्वजनिक गरिनेछ । अन्तर्वार्ता तथा सिफारिस असोजरकात्तिकमा गरिनेछ ।

बिज्ञापन

राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) खुला, आन्तरिक प्रतिस्पर्धा र बढुवाको सिट संख्या र प्रतिशत निर्धारण फागुन र चैतमा गरिन्छ । चैतको अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशित गरी खुला र आन्तरिक प्रतिस्पर्धाको जेठमा लिखित परीक्षा सञ्चालन गरेर असारमा नतिजा प्रकाशन गरिन्छ । अन्तर्वार्ता र सफल एवं वैकल्पिक उम्मेदवारको नाम सिफारिस साउनमा हुन्छ ।

राजपत्रांकित तृतीय श्रेणी प्राविधिकः यस पदको खुला, आन्तरिक र बढुवाको सिट संख्याको प्रतिशत असोज र कात्तिक महिनामा निर्धारण हुन्छ । विज्ञापन तथा सूचना प्रकाशन कात्तिकको अन्तिम बुधबार गरिन्छ । परीक्षा सञ्चालन माघ र फागुनमा हुन्छ भने लिखित परीक्षाको नतिजा चैत र वैशाख महिनामा प्रकाशित हुन्छ । अन्तर्वार्ताको नतिजा प्रकाशन तथा नाम सिफारिस जेठ र असारमा गरिन्छ ।

राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक तथा अधिकृत तृतीय) प्रथम र द्वितीय चरणको खुला, आन्तरिक प्रतिस्पर्धा र बढुवाको सिट संख्या तथा प्रतिशत निर्धारण कात्तिक र मंसिर महिनामा गरिन्छ । यसको विज्ञापन र सूचना प्रकाशन मंसिरको अन्तिम बुधबार हुन्छ । खुलातर्फको प्रथम चरणको परीक्षा माघमा हुन्छ भने त्यसको लिखित परीक्षाको नतिजा फागुनमा प्रकाशित हुन्छ । खुला द्वितीय चरण र आन्तरिक प्रतिस्पधाको लिखित परीक्षा चैतमा हुन्छ । लिखित परीक्षाको नतिजा जेठमा प्रकाशित हुन्छ भने साउन र भदौमा अन्तर्वार्ता तथा सिफारिस गरिन्छ ।

यस्तै राजपत्रांकित द्वितीय श्रेणीको (प्राविधिक अप्राविधिक) को आन्तरिक प्रतिस्पर्धा तथा बढुवाको प्रतिशत निर्धारण भदौ र असोजमा गरिन्छ । असोजमा अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशित गरिन्छ भने परीक्षा सञ्चालन पुस र माघ महिनामा हुन्छ । लिखित परीक्षा सञ्चालन फागुन र चैतमा र अन्तर्वार्ता तथा नजिता प्रकाशन चैत र वैशाखमा गरिन्छ ।

राजपत्रांकित प्रथम श्रेणीको खुला, आन्तरिक प्रतिस्पर्धा तथा बढुवा भदौ र असोज महिनामा गर्दै आएको छ । परीक्षा सञ्चालन मंसिरमा, लिखित परीक्षाको नतिजा पुस वा माघ महिनामा र अन्तर्वार्ता र उम्मेदवारको नाम सिफारिस फागुन चैत महिनामा हुँदै आएको छ ।

स्वास्थ्य सेवाको एघारौं र नवौं तहः खुला, आन्तरिक प्रतिस्पर्धा तथा बढुवाको प्रतिशत निर्धारण भदौ र असोजमा गरिन्छ । असोजमा अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशित गरिन्छ र पुस र माघ महिनामा परीक्षा गरिन्छ । लिखित परीक्षा फागुन र चैतमा हुन्छ भने अन्तर्वार्ता र नतिजा प्रकाशन चैत र वैशाखमा हुन्छ ।

 

स्वास्थ्य सेवा आठौं तहः उक्त पदमा खुला प्रतिस्पर्धा हुन्छ । आवश्यक सिट संख्याको प्रतिशत निर्धारण असोज र कात्तिक महिनामा गरी विज्ञापन तथा सूचना प्रकाशन कात्तिकको अन्तिम बुधबार गरिन्छ । लिखित परीक्षा सञ्चालन माघ र फागुनमा गरी नजिता प्रकाशन चैत र वैशाखमा गरिन्छ । अन्तर्वार्ता र सिफारिस जेठ र असार महिनामा सार्वजनिक हुन्छ ।

स्वास्थ्य सेवा सातौं तहः खुला, आन्तरिक प्रतिस्पर्धा तथा बढुवाको सिट संख्या र प्रतिशत निर्धारण असोज र कात्तिकमा गरिन्छ । विज्ञापन तथा सूचना प्रकाशन कात्तिकको अन्तिम बुधबार गरिन्छ । लिखित परीक्षा सञ्चालन माघ र फागुनमा गरिन्छ । नजिता प्रकाशन चैत र वैशाखमा हुन्छ भने अन्तर्वार्ता र सिफारिस जेठ र असारमा गरिन्छ ।

स्वास्थ्य सेवा, पाँचौं तहः खुला आन्तरिक प्रतिस्पर्धा र बढुवाको सिट संख्या र प्रतिशत पुस र माघमा निर्धारण गरिन्छ । माघको अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशित गरेर खुला तथा आन्तरिक परीक्षा वैशाखमा सञ्चालन गरिन्छ । लिखित परीक्षाको नतिजा जेठमा प्रकाशित गरिन्छ । अन्तर्वार्ता र सिफारिस साउनरभदौमा हुन्छ ।

स्वास्थ्य सेवा चौथो तहः खुलातर्फको फागुन र चैतमा सिट संख्या र प्रतिशत निर्धारण गरेर चैतको अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशित गरिन्छ । जेठमा लिखित परीक्षा हुनेछ भने असारमा नतिजा प्रकाशित गरिनेछ । साउनमा अन्तर्वार्ता तथा सफल तथा वैकल्पिक उम्मेदवारको नाम सिफारिस गरिन्छ ।

सुरक्षा निकाय तथा संगठित संस्थाको पदपूर्ति

लोक सेवाले नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान तथा संगठित संघसंस्थाको पदपूर्तिका लागि आन्तरिक तथा खुला प्रतियोगित सञ्चालन गर्दै आएको छ । त्यसका लागि पनि आयोगले वार्षिक कार्यतालिका नै बनाउने गरेको छ । त्यसका लागि प्रत्येक वर्ष साउनदेखि परीक्षा सुरु गरेर असारसम्म पदपूर्ति गरिसक्ने तालिका आर्थिक वर्षको सुरु साउनमै सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।