पढाईमा अब्बल सुशील, एकै पटक ६ ठाउँमा नाम निकाले,दोश्रो नम्बरमा सिफारिस

लोकसेवा आयोगले आइतबार उपसचिव तहको नियुक्तिका लागि ४३ जनालाई सिफारिस गरेको छ । नियुक्तिका लागि सिफारिस भएकामा नेपाल न्याय सेवा, न्याय समूहः ७ जना,नेपाल न्याय सेवा, कानून समूहः २ जना,न्याय सेवा, सरकारी वकिल समूहः ३ जना,नेपाल परराष्ट्र सेवाः १ जना
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहः १९ जना,नेपाल प्रशासन सेवा, लेखा समूहः ६ जना,नेपाल प्रशासन सेवा, राजस्व समूहः ३ जना र नेपाल लेखापरीक्षण सेवाः २ जना रहेका छन् ।
यस पटकको उपसचिव तहको परीक्षामा आफूलाई अब्बल ढंगले उभ्याएका छन्,अधिकृत तहमा कार्यरत रहेका छविलाल (सुशीलकुमार) पौड्याल । पढाईमा अब्बल सुशील पौड्यालले एकै पटक ६ ठाउँमा नाम निकालेका छन् ।

बिज्ञापन

 

बिज्ञापन

उनले उपसचिव तहको लिखित परीक्षामा ह्याट्रीक गर्दै एकै पटक प्रशासन,राजश्व र लेखा समूहको आन्तरिक र बाह्य प्रतिष्प्रर्धामा नाम निकालेका थिए ।लोकसेवा आयोगले आइतबार सार्वजनिक गरेको विज्ञापन नम्बर १६६६४/ ८०- ८१ आन्तरिक प्रतिष्प्रर्धातर्फ नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,राजस्व र लेखा समूहमा दुबैतर्फ गरी ६ ठाउँमा नाम निकालेर अब्बल दह्रिएका पौडेल उपसचिव नियुक्तिका लागि सिफारिस भएका हुन । २६ उमेद्धारमध्ये इन बास्केटबल एक्सरसाइज र लिखित परीक्षाको समेत प्राप्तांकका आधारमा दोश्रो नम्बरमा प्रशासन सेवातर्फ नाम निकाल्न सफल भएका हुन ।

आयोगले आज सार्वजनिक गरेको नतिजा अनुसार नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहतर्फ १९ जनालाई उपसचिवमा नियुक्तिका लागि सिफारिस गरेको छ । जसमध्ये दोश्रो नम्बरमा उनी नियुक्तिका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दरबन्दी कटौतीमा परेका सब -इन्जिनियर आन्दोलित

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

बिशेष